प्रधानमन्त्री देउवासँग अमेरिकी सहायक विदेशमन्त्रीको भेट, एमसीसीबारे चासाे

प्रधानमन्त्री देउवासँग अमेरिकी सहायक विदेशमन्त्रीको भेट, एमसीसीबारे चासाे

२ मंसिर, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आज शिष्टाचार भेटवार्ता गरेका छन् । साे कुरा प्रधानमन्त्री देउवाकाे आधिकारीक ट्वीट मार्फत जानकारी गराइएकाे छ ।

भेटवार्तामा एमसीसीबारे गहन छलफल भएको बताइएको छ। सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री देउवासँग एमसीसी पास हुन किन विलम्ब भइरहेको बारे जिज्ञासा राखेको प्रधानमन्त्री सचिवालय स्रोतले जानकारी दिएको छ।

‘डोनाल्ड लुले प्रधानमन्त्रीज्युसँग एमसीसी पासमा किन ढिलाइ भइरहेको बारे जिज्ञासा राख्नुभएको थियो। प्रधानमन्त्रीज्युले सबैको सहमतिअनुसार एमसीसी पास गरिने जानकारी गराउनुभएको थियो,’ प्रधामन्त्रीको सचिवालय स्रोतले भन्यो।

प्रधानमन्त्री देउवाले दुई देशबीचको सम्बन्ध दीर्घकालीन बनाउन बृहत् छलफल भएको जानकारी दिएका छन्।  लु तीन दिने नेपाल भ्रमणमा बुधबार काठमाडौं आइपुगेका हुन् । उनले केही परियोजनाहरुको अवलोकन गर्नुको साथै सांस्कृतिक सम्पदा स्थलहरूको अवलोकन गर्ने अमेरिकी राजदूतावासले जनाएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.