×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सहज छैन देउवालाई नेतृत्वमा दोहोरिन

३ मंसिर २०७८

काठमाडाैं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४औं महाधिवेशनबाट पुनः नेतृत्वमा दोहोरिने रणनीतिमा जुटेका छन्। संस्थापन इतर समूहका आधा दर्जन नेता नेतृत्वमा पुग्न प्रतिस्पर्धाको तयारीमा जुटेसँगै सभापतिमा दोहोरिन देउवालाई थप सहज हुने उनी पक्षका नेताको बुझाइ छ।

संस्थापन पक्षबाटै उपसभापति विमलेन्द्र निधि र पूर्वउपसभापति गोपालमान श्रेष्ठले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। निधि र श्रेष्ठ सभापतिको प्रतिस्पर्धामा अन्तिमसम्म मैदानमा टिकिराखे भने देउवाका लागि नेतृत्वमा दोहोरिन कठिन हुनेछ।

Advertisement
Advertisement

१३औं महाधिवेशनमा तत्कालीन संस्थापन पक्षबाट विद्रोह गर्दै कृष्णप्रसाद सिटौलाले नेतृत्वमा प्रतिस्पर्धा गर्दा रामचन्द्र पौडेल कांग्रेसको मूल नेतृत्वमा पुग्न नसकेको बताउँदै देउवा निकट एक नेताले भने, ‘१४औं महाधिवेशनमा उहाँ (देउवा) ले पनि त्यही नियति भोग्नुपर्ने अवस्था आउनसक्छ।’

Advertisement

नेपाल विद्यार्थी संघको अध्यक्ष हुँदै पार्टी राजनीतिमा सक्रिय भएका निधिको संस्थापन पक्षमा राम्रो पकड रहेको स्वीकार गर्दै ती नेताले भने, ‘संस्थापन इतरबाट धेरै उम्मेदवार भए पनि सभापतिमा निर्वाचित हुन ५१ प्रतिशत महाधिवेशन प्रतिनिधिको समर्थन (मत) चाहिन्छ।निधिले सभापतिमा जित्नुहुन्छ कि हुन्न थाहा छैन तर उहाँको उम्मेदवारीले देउवालाई ५१ प्रतिशत पुर्‍याउन रोक्न सक्छ।’, यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top