एमाले स्थायी कमिटी बैठक बस्दै

एमाले स्थायी कमिटी बैठक बस्दै

६ मंसिर, काठमाडौैं ।

नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्न लागेको छ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा अपराह्न ३ बजे स्थायी कमिटी बैठक बस्न लागेको एमाले केन्द्रीय ​कार्यलय सचिव शेरबहादुर तामाङले बताए।

आजको बैठकमा महाधिवेशन प्रतिनिधि छनोटका विषयमा छलफल हुनेछ। पाँच प्रतिशत प्रतिनिधि मनोनित हुने व्यवस्था छ। जसअनुसार, ९५ प्रतिनिधि स्थायी कमिटीले छनोट गर्छ।

आजको बैठकमा महाधिवेशन प्रतिनिधिको नाम प्रस्ताव गरिने सचिव तामाङले जानकारी दिए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.