बुद्धमुर्तिलाई गलतरुपमा चित्रण गरिएको भन्दै लाओसमा बढ्यो चीनविरोधी भावना

६ मंसिर ७८, मंगलबार

७ मंसिर, बेइजिङ ।

लाओसमा चीन विरोधी भावनामा बढेको छ।

चीनको सांघाईस्थित कम्पनी वाङ फेङ सांघाई रियल स्टेटले विशेष आर्थिक क्षेत्रमा एक सय मिटर अग्लो बुद्धको मूर्ति बनाएपछि चीनविरोधी भावनामा वृद्धि भएको हो ।

Advertisement

पाँच बिलियन डलरमा भियनटाइनस्थित मेकोङ नदीको किनारमा उक्त बुद्धमूर्ति राखिएको छ। लाओसका सञ्चारमाध्यमहरुका अनुसार उक्त बुद्धमूर्तीलाई गलतरुपमा चित्रण गरिएको भन्दै आलोचना सुरु भएको हो।

सामाजिक सञ्जालहरुमा कम्पनीले बुद्धिस्टहरुको भावनामा चोट पु¥याउने काम गरेको भन्दै आलोचना सुरु भएको हो। महायान परम्पराविरुद्ध हुने गरी बुद्धलाई दुई खुट्टा एकआपसमा जोडेर उक्त मूर्ति बनाइएको जनाइएको छ।

Advertisement

निकै अग्लो उक्त बुद्ध मूर्तिमा सुनको जलप लगाइएको छ। जसलाई लायोटियनको सार्वभौमिकताको प्रतीकको रूपमा चित्रण गरिएको छ। चीनले लायटियन बुद्धप्रति बढी झुकाव राख्न थालेको भन्दै उक्त मूर्ति स्थापना गरिएको हो ।

त्यसैगरी चिनियाँ कम्पनीले १५ वर्षदेखि सुन तस्करी सुन खानीसम्बन्धी एक परियोजनामा काम गरिरहेको र सन् २०२० सम्म उक्त नदीलाई निकै कुरूप बनाएको पाइएपछि कम्पनीको चर्को विरोध गरिएको थियो। उक्त कम्पनीलाई फिर्ता जानसमेत दबाब दिइएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top