तेह्रथुम, साउन २५
तेह्रथुमको वसन्तपुर–म्याङलुङ २६ किलोमिटर सडक वर्षातमा हिलाम्मे हुदा जिल्लावासीले सास्ती व्यहोर्नु परेको छ । ६ पटक वढी समय कालोपत्रे भैसकेको सो सडक कालोपत्रे, ग्राभेल र भत्किएको स्थानमा टालटुलको नाममा वर्षेनी करोडौं रुपैंया खर्च हुने गरेको छ । तर सडकमा सवारी चल्न सकिरहेका छैनन् ।
सडक निर्माण, मर्मत, कालोपत्रे लगायतका काममा खर्च हुने गरेको बजेटमा व्यापक भ्रष्टचार हुने गरेको जिल्लावासीको आरोप छ । तर पनि सम्वन्धित निकाय मौन छ ।
यति छोटो दुरीको सडकमा गरीएको धेरै लगानी वालुवामा पानी सरह भएको वसन्तपुर बजारका स्थानीयवासी उदय पौडेलले बताए । सडक कालोपत्रे, मर्मत, स्तरोन्नती, ग्राभेल, टालटुल, मोड सुधार लगायतका काम देखाएर सो सडकमा वर्षेनी करोडौं रुपैंया वजेट भ्रष्टाचार भैरहदा पनि स्थानीय प्रशासन र दलका अगुवाहरु समेत मौन रहने गरेका छन् ।
२६ किलोमिटर यो सडकमा ६ सय भन्दा वढी स्थानमा खाल्डाखुल्डी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तेह्रथुमका प्रमुख योगेन्द्र दाहालले बताए ।