वर्षेनी करोडौं रुपैंया खर्च गरिने सडकमा यात्रा असहज

वर्षेनी करोडौं रुपैंया खर्च गरिने सडकमा यात्रा असहज

तेह्रथुम, साउन २५
तेह्रथुमको वसन्तपुर–म्याङलुङ २६ किलोमिटर सडक वर्षातमा हिलाम्मे हुदा जिल्लावासीले सास्ती व्यहोर्नु परेको छ । ६ पटक वढी समय कालोपत्रे भैसकेको सो सडक कालोपत्रे, ग्राभेल र भत्किएको स्थानमा टालटुलको नाममा वर्षेनी करोडौं रुपैंया खर्च हुने गरेको छ । तर सडकमा सवारी चल्न सकिरहेका छैनन् ।

सडक निर्माण, मर्मत, कालोपत्रे लगायतका काममा खर्च हुने गरेको बजेटमा व्यापक भ्रष्टचार हुने गरेको जिल्लावासीको आरोप छ । तर पनि सम्वन्धित निकाय मौन छ ।

यति छोटो दुरीको सडकमा गरीएको धेरै लगानी वालुवामा पानी सरह भएको वसन्तपुर बजारका स्थानीयवासी उदय पौडेलले बताए । सडक कालोपत्रे, मर्मत, स्तरोन्नती, ग्राभेल, टालटुल, मोड सुधार लगायतका काम देखाएर सो सडकमा वर्षेनी करोडौं रुपैंया वजेट भ्रष्टाचार भैरहदा पनि स्थानीय प्रशासन र दलका अगुवाहरु समेत मौन रहने गरेका छन् ।

२६ किलोमिटर यो सडकमा ६ सय भन्दा वढी स्थानमा खाल्डाखुल्डी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तेह्रथुमका प्रमुख योगेन्द्र दाहालले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.