×

NEPAL TIMES UPDATES

Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026

भीम रावलको अबको बाटो कस्तो हुनेछ ?

१५ मंसिर २०७८

१५ मंसिर, विराटनगर ।
देशको सबैभन्दा ठूलो पार्टी नेकपा एमालकोे महाधिवेशनबाट उपाध्यक्ष तथा केन्द्रीय सदस्यबाट भीम रावल पूर्व पदाधिकारी तथा सामान्य कार्यकर्ताको हैसियतमा झरेका छन् ।

देशभरका ८ लाख भन्दा बढी कार्यकताका २१ सयभन्दा बढी प्रतिनिधीलेप्रभावशाली नेता ।ावलले रावललाई विकल्कुल पत्याएनन् । चुनावी लोकतान्त्रि प्रक्रियामा जान एमाले नेतृत्वलाई बाध्य पार्दै महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीलाई टक्कर दिन पुगेका रावल जमज्जाले चिप्लिएका छन् ।

Advertisement
Advertisement

ओलीले १८ सय मत पाउदा रावलका पक्षमा मात्र २ सय २३ मत खस्यो । नवौ महाधिवेशनमा सर्वाधिक मत ल्याएका रावल दशौं महाधिवेशनमा भने जिल्लिए । उनी आफैले आफ्ना लागि यो अवस्थाको सृजन किन गरे अहिले एमाले कार्यकर्ता पनि यही प्रश्नको लख काटिरहेका छन् ।

कि अब केन्द्रीय सदस्य पद पनि अस्वीर गरेका रावल के गर्छन् त ? चुनावी प्रक्रिया सुरु हुनु केही समय अघि आफ्ना लागि भोट माग्न सुरु गरेका रावलललाई एकता र सहमतिको नारा लगाईरहेका एकाले कार्यकतो पाखा लगाईदिए ।

तर अवस्था आउने आफूलाई पहिल्यै थाह भएको रावलले बताएका छन् । रावललाई प्रष्ट थाहा थियो कि उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखिरहे । रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन।

अध्यक्षलगायत पदाधिकारी र केन्द्रीय सदस्य छान्न चुनावी वातावरण बन्यो। ओलीका अगाडि अरुले गर्न नसकेको आट र हिम्मत जसरी रावलले गरे, यो हिम्मतको पार्टी बाहिर जति सरहाना गरिएको छ पार्टीका प्रतिनिधिका लागि अस्वीकार्य बन्यो ।

ओलीको सहमतिका नाममा रावललाई अफर नगरेका होइनन् तर रावलले त्यसलाई ठाडै अस्वीकार गरिदिए । आखिर रावलले केपी ओलीलाई सर्वसम्मत अध्यक्ष बन्न नदिने र चुनावमै भिड्ने अडान किन राखे त ? भन्ने जिज्ञासा अहिले सर्वत्र पैदा भएको छ ।

विगतमा माधव नेपाल निकट रावल ओली पार्टी अध्यक्ष भएपछि उनीसँग पनि निकट बने। त्यतिबेला नेपाल पक्षले बोलाएका गुटगत छलफल, बैठक र रणनीतिमा पनि रावल सहभागी हुँदैनथे। ओलीको मन जितेकै कारण ओली पहिलोपटक प्रधानमन्त्री हुँदा रावल उपप्रधान तथा रक्षामन्त्री बने।

तर माओवादीसँगको २०७५ जेठ ३ को पार्टी एकतापछि भने रावल र ओलीबीच सम्बन्ध राम्रो बनेन। ९ औं महाधिवेशनबाट सर्वाधिक मत ल्याएर उपाध्यक्ष जितेका रावलले त्यतिबेलाको पार्टीको शक्तिशाली सचिवालयमा नपरेपछि असन्तुष्टि जनाए।

०७७ फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी एकता भंग गरिदियो। तर, एमालेभित्रको विवाद साम्य भएन। वरिष्ठ नेता नेपाल र ओलीपक्षबीच दूरी बढ्यो। ओलीलाई प्रधानमन्त्रीबाट हटाउन र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्तिका लागि परमादेशको माग गर्दै कांग्रेससँग मिलेर नेपाल पक्ष पनि सर्वोच्च गयो।

त्यसपछि ओलीसँग भेट गरेका रावल एकाएक ‘युटर्न’ भए र पार्टी एकता गर्न बनेको कार्यदलमा नेपाल पक्षको संयोजक बने। पार्टी एकतालाई जसरी पनि जोगाउनुपर्छ भनेर रावल जोडतोडले लागे। १० बुँदे सहमति भयो।

पार्टी विभाजन गर्न वरिष्ठ नेता नेपालले गरेको प्रस्ताव ठाडै अस्विकार गरे। अनि रावल एमालेमै बसे। सुदूरपश्चिम प्रदेशमा १७ मध्ये १३ सांसद रावल पक्षका थिए। तर, रावल एमालेमै फर्केपछि १३ जनाले साथ छोडे। ४ जना मात्र प्रदेश सांसद उनको पक्षमा उभिए।

एमालेमै बसे पनि रावल र ओलीबीच सम्बन्ध सुमधुर बन्न सकेन। रावललाई सुदूरपश्चिम इञ्चार्जको पूर्ववत् जिम्मेवारी दिइएन । अन्तिम सम्म पनि उनले १० बुदे सहमति कार्यानवयनको वकालत गरिरहे । तर ओलीले माधव नेपनलका लागि सहमति गरेको भन्दै कार्यान्वन भईसकेको जवाफसहित टारिदिए ।

ओलीले माधव नेपालको दाँजोमा भीम रावललाई राख्न उपयुक्त ठानेनन् । फेरि यो बीचमा माधव समूहबाट एमालेमै बसेका १० भाइमा सहकार्य र एकता देखिएन् । जसको पेलाईमा रावल पर्दै गए । आफ्ना ले साथ छोडेको र एमालेमा पनि पेलान भोग्नुपरेपछि रावल ओलीसँग महाधिवेशनमा भिड्ने निष्कर्षमा पुगेको उनी पक्षधर नेताहरू बताउँछन्।

फेरि एमालेको नयाँ विधानको उमेर हदसम्बन्धी व्यवस्थाले पनि रावललाई अध्यक्षमा लड्नै पर्ने बाध्यता सिर्जना गरेको थियो। ७० वर्षे उमेर हदका कारण रावल ५ वर्षपछिको महाधिवेशनमा पदाधिकारी बन्न सक्दैनन् ।

अर्कातर्फ, विगतको माधव नेपाल पक्षको मत संरक्षण गर्ने र त्यो कित्ताको नेता आफू भएको प्रमाणित गर्न समेत रावल चुनाव उत्रिए तर उनले सोचे जस्तो साथ महाधिवेशनमा पाएनन् । एमालेमा माधव नेपालको पकड रहँदासम्म संस्थापन पक्षमा रहेका रावलको शक्तिको स्रोत कि त नेता नेपाल थिए कि सुदूरपश्चिम थियो।

तर नेता नेपालले एमाले छाडेर नेकपा एकीकृत समाजवादी बनाएपछि अहिले उनी छिन्नभिन्न देखिएका छन् । उनका शक्तिका स्रोतहरु तितरबितर भएका छन् । अब पराजयपछि पनि एमाले परम्परा बनेको वरिष्ठ नेताको हैसियतामा माधव नेपालको विरासत थामेर पार्टीमा संघर्ष गर्न र आफ्नै समूह तयार पार्ने वा विकल्प खोज्ने रावलका बाटाहरु छन् ।

पार्टीको एउटा ठूलो पंक्तिले अध्यक्ष ओलीको विकल्प देख्दैन् । विकल्प देख्नेहरु बोल्ने आँट गर्दैनन् । यो अवस्थामा एमालेभित्र ओलीलाई टक्कर दिन सक्ने नेताका रुपमा चिनिएका १० नेता बीच नै देखिएको अलमललाई पनि रावलले चिर्न सकेनन् ।

जसको परिणाम रावल आजको अवस्थामा एक्लो बृहस्पति बनेका छन् । आफू हारेर लोकतन्त्रको बिउ जोगाएका रावलले पार्टीमा आफ्रनो भूमिका बारे केही दिनमा बोल्ने बताएका छन् ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top