×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-04-2026 || Nepal Times
Apr 04, 2026
Playing
राजदूत भन्छन– पत्र पठाएका छौँ, औपचारिक जानकारी छैन|| Nepal Times
Apr 04, 2026
Playing
‘बले’माथि आ रोप लगाउने युवतीले खोलिन् आफ्नो परिचय#bale #Arrest #nepal || Nepal Times
Apr 04, 2026
Playing
विभिन्न प्रदेशमा बदली र वर्षा: हिमाली क्षेत्रमा हिमपातको संकेत|| Nepal Times
Apr 04, 2026
Playing
शङ्कर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्रा उ || Nepal Times
Apr 04, 2026
Playing
इरानले विमान खसालेका कारण वार्तामा असर पर्ला? के भन्छन् ट्रम्प ? || Nepal Times
Apr 04, 2026
Playing
’अपरे शन सेफ्टी काठमाडौं’ः काठमाडौंबाट १९५ जना पक्रा उ#arrest #nepal #police|| Nepal Times
Apr 04, 2026
Playing
गृहमन्त्रीले सर्वाेच्चलाई दिए ओली पक्राउ गर्नुको कारण, के भने ?|| Nepal Times
Apr 03, 2026
Playing
इरानको जेलमा रहेका अमृत झालाई कस्तो छ ? ३८ शव अलपत्र|| Nepal Times
Apr 03, 2026
Playing
होर्मुजको इरानी टोल बुथमा भीषण आ*क्र*मण,बन्दरगाह ज*लेर नष्ट || Nepal Times
Apr 03, 2026

लुम्बिनीमा पाँच हजार जना अट्ने हल तयार हुँदै

१८ मंसिर २०७८

१८ मंसिर, सिद्धार्थनगर।

बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माणाधीन पाँच हजार जना अट्न सक्ने क्षमताको सभाहल तथा ध्यान केन्द्रको निर्माण अन्तिम चरणमा पुगेको छ ।

Advertisement

लुम्बिनी तीर्थयात्री र पर्यटकको गन्तव्य त छँदैछ त्यसका अतिरिक्त सार्कजस्ता अन्य अन्तर्राष्टिय सेमिनार सम्पन्न गराउन सकिने गरी ध्यान केन्द्र तथा सभाहलको निर्माण थालिएको थियो । सो हल निर्माणको काम अन्तिम चरणमा पुगेको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयाले बताए ।

उपाध्यक्ष मेत्तेयाले भने, ‘एकैपटकमा यति धेरै सङ्ख्यामा मानिस बस्न मिल्ने हल बहुउपयोगी हुनेछ । यहाँ अन्तर्राष्ट्रियस्तरका ध्यान तथा सार्कस्तरीय सम्मेलन पनि सहजै गर्न सकिन्छ ।’

अत्यन्तै आकर्षक स्वरुपमा बनाउन थालिएको सभाहल तथा ध्यान केन्द्रको छानो गोलाकार आकारमा डिजाइन गरिएको छ । भित्रपट्टि कमलको फूलको आकर्षक प्रतीक अङ्कित छ । हलमा ध्यान गर्नेहरु पलेटी मारेर बस्दा पाँच हजार जना सजिलै अट्ने क्षमता रहेको छ भने कुर्सी राखेर बस्दा आठ हजार अट्ने सदस्यसचिव सानुराजा शाक्यले बताए ।

एक वर्गमिटरमा एक कुर्सी अट्ने प्राविधिक विश्लेषण रहेको छ । आठ हजार ३०० वर्गमिटरमा फैलिएको ध्यान केन्द्र रहेको छ ।

यसलाई सात डिग्रीसम्म तापक्रम तलमाथि हुनसक्ने इपिसएस प्यानल प्रयोग गरेर छानो छाइएको छ । उक्त ध्यान केन्द्र तथा सभाहलको जग निर्माण पनि विशेष डिजाइनमा गरिएको छ ।

१० मिटर गहिराइका १४० वटा पाइल फाउण्डेशन बनाइएको छ । उक्त फाउण्डेशन माथि एक वर्गमिटर गोलाइको ४० वटा पिलर ठड्याएर छानो राखिएको छ । छानो पनि आकर्षक रहेको छ ।

उक्त हल तथा ध्यान केन्द्रको पहिलो चरणको आयोजनाअन्तर्गत अनक अर्घाखाँची, बाबुल जेभी कम्पनीले २८ करोड १३ लाख लागतमा निर्माण गरेको हो । उक्त लागतमा विभिन्न कारणले ११ प्रतिशत भेरियसन भएको थियो ।

दोस्रो चरणको काम ३३ करोड लागतमा निर्माणाधीन छ । दोस्रो चरणको काम भौतिकरूपमा ७० प्रतिशत सकिसकेको विकास कोषका योजना प्रमुख सरोज भट्टराईले बताए ।

सभाहलको शिलान्यास विसं २०७५ वैशाख पूर्णिमामा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेका थिए । सभाहलमा आठवटा भाषामा एकैसाथ सुन्न सकिने गरी एकैपटक हेडफोन प्रयोग गर्न सकिने ध्वनि व्यवस्थापन पनि गरिने छ ।

ध्यान केन्द्र तथा सभाहलमा प्रवेश गर्ने ढोका पासवर्डले खोल्न सकिने गरी निर्माण हुँदैछ । यसैगरी उक्त हलमा ५५ साना ढोका रहनेछन् । हलको वरिपरिको पर्खालमा गौतमबुद्धको दुई फिट उचाइका ९७ वटा मूर्ति राखिने भएको छ ।

सभाहल तथा ध्यान केन्द्रको मुख्यद्धारमा छ फिट अग्लो बुद्धमूर्तिसमेत राखिने छ । भिआइपी पाकिङ रहने र उक्त पार्किङमा ५० गाडी अट्ने क्षमता रहेको छ । हलको दायाँबायाँ भिभीआइपी लन तथा प्रतिक्षालयसमेत निर्माण भइरहेको छ । यसैगरी ६० जनाले एकैसाथ प्रयोग गर्न सक्ने गरी महिला पुरुषको अलग–अलग शौचालय निर्माण भइरहेको छ ।

लुम्बिनीमा हरेक वर्ष आयोजना हुने बुद्ध जयन्ती तथा विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनका लागि लाखौँ रकम खर्चेर अस्थायी हल बनाउने गरिएको छ । सन् २०१६ मा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा बुद्धजयन्ती कार्यक्रम मनाउने गरी अस्थायीरूपमा हल निर्माण गरिएको थियो ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली आएका थियो । तर अकस्मात आएको हाबाहुरीसहितको पानीले उक्त अस्थायी हल भत्कँदा कार्यक्रमसमेत प्रभावित हुन पुग्यो । त्यति नै बेला तत्कालीन प्रधानमन्त्री ओलीले लुम्बिनीमा एक स्थायी सभाहल र त्यहीँ रहने गरी ध्यान केन्द्र निर्माण गर्ने घोषणा गरेको र त्यसपछि हल निर्माणले गति लिएको कोषका वरिष्ठ प्रशासकीय प्रमुख ज्ञानिन राईले बताए ।

Advertisement

गत बिहीबार लुम्बिनी आएकी राष्ट्रपति भण्डारीले सो हलको निरीक्षण गरेकी थिइन् । त्यस अवसरमा उनले राम्रो हल तयार हुन लागेकामा खुशी पनि व्यक्त गरेका थिइन् ।रासस

भर्खरको समाचार

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सभामुखका लागि डीपीको उम्मेदवारी दर्ता, रवि बने प्रस्तावक

pic_9IYIYqgQtI

सम्बन्धित खबरहरु

Scroll to Top