×

NEPAL TIMES UPDATES

Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026
Playing
Top 15 Afternoon News || April-19-2026 || Nepal Times
Apr 19, 2026
Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026

हिंसा अन्त्यका लागि पुरुष र महिला दुवैको बराबर सक्रियता आवश्यकः राष्ट्रपति

१९ मंसिर २०७८

१९ मंसिर, काठमाडाैँ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले समाजबाट लैंगिक हिंसा उन्मुलन गर्न पुरुष र महिला दुवैको बराबर सक्रियता आवश्यक रहेको बताएकी छन् । आइतवार सामुदायिक वन उपभोक्ता महासंघ नेपालले काठमाडौंमा आयोजना गरेको लैंगिक हिंसाबिरुद्धको १६ दिने अभियान कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले समाजबाट लैंगिक हिंसा उन्मुलन गर्न पुरुष र महिला दुवैको बराबर सक्रियता आवश्यक रहेको बताएकी हुन् । उनले लैंगिक हिंसा उन्मुलन गर्न महिला र पुरुषको सक्रियता बराबर हुनुपर्ने कुरालाई आत्मसाथ गरेर अघि बढे मात्रै सभ्य समाज निर्माण गर्ने महायात्राको गन्तव्यमा पुग्न सक्ने बताइन्।

Advertisement
Advertisement

लैंगिक हिंसा अस्तित्वमा रहनु चिन्ताको विषय
राष्ट्रपति भण्डारीले समाजमा शिक्षा र चेतना बिस्तार हुँदै जाँदा, महिलाको सामाजिक र आर्थिक अवस्था क्रमशः सुधारोन्मुख भएको भए पनि लैंगिक हिंसा विभिन्न रुपले अस्तित्वमा रहनु चिन्ताको विषय भएको बताइन् । उनले छाउपडी, बोक्सी जस्ता कुप्रथाहरु पूर्णरुपमा निर्मुल गर्न अझै संघर्ष गरिरहनु परेको अवस्थामा अर्कोतर्फ कार्यस्थल तथा सार्वजनिक क्षेत्रमा हुने दुव्र्यवहार एवं प्रविधिका माध्यमबाट महिलाबिरुद्ध हुने हिंसा तथा शोषणका नयाँ रुपहरु प्रकट भइरहेको भन्दै चिन्ता व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीले भनिन्,‘समाजमा शिक्षा र चेतना बिस्तार हुँदै जाँदा, महिलाको सामाजिक, आर्थिक, अवस्था क्रमशः सुधारोन्मुख भएको भए पनि लैंगिक हिंसा विभिन्न रुपले अस्तित्वमा रहिरहनु चिन्ताको विषय हो । एकातिर छाउपडी, बोक्सी जस्ता कुप्रथाहरु हामीले पूर्णरुपमा निर्मुल गर्न अझै संघर्ष गरिरहनु परेको छ भने अर्कोतर्फ कार्यस्थल तथा सार्वजनिक क्षेत्रमा हुने दुव्र्यवहार एवं प्रविधिका माध्यमबाट महिलाबिरुद्ध हुने हिंसा तथा शोषणका नयाँ रुपहरु प्रकट भइरहेका छन् । यसका साथै म्हिलाहरु बलविवाह, बहुविवाह,एसीड आक्रमण र बलात्कार जस्ता जघन्य अपराधबाट पीडित बन्नु परिरहेको अवस्था पनि विद्यमान छ । यी विकृतिको अन्त्य गर्न नीति र कानूनको निर्माण एवं तिनको प््रभावकारी कार्यान्वयन आवश्यक रहेकोतर्फ म सम्बद्ध सबै निकायको ध्यानाकर्षण गराउँछु । एउटा जोड दिनुपर्ने विषय के छ भने समाजबाट लैंगिक हिंसा उन्मुलन गर्न पुरुष र महिला दुवैको उत्तिकै सक्रियता आवश्यक पर्दछ । यस मान्यतालाई सबै क्षेत्रबाट गहिरोसँग आत्मसाथ गर्दै र गराउँदै अगाडि बढ्न सक्दा नै हामी सभ्य समाज निर्माण गर्ने महायात्राको गन्तव्यमा पुग्न सक्दछौँ । महिला हिंसा अन्त्यको लागि नेपाल सरकारले तर्जुमा गरेका नीति तथा कार्यक्रमलाई स्थानीय समुदायको तहमा पु¥याउने र समुदाय स्तरका छलफलबाट प्राप्त सुझावहरुलाई नीतिगत तहमा ल्याउनका लागि सबैको सार्थक प्रयास आवश्यक छ ।’

राष्ट्रपति भण्डारीले वन व्यवस्थापनका माध्यमबाट जनताको जीविकोपार्जनमा सुधारका साथै वातावरण र जैविक विविधताको संरक्षण, जलवायु अनुकुलन र न्यूनिकरण, सामुदायिक विकास तथा आर्थिक समृद्धिका लागि महत्वपूर्ण योगदान पुग्ने बताइन् । उनले महिला हिंसा अन्त्यको लागि सरकारले तर्जुमा गरेका नीति तथा कार्यक्रमलाई स्थानीय समुदाय तहमा पु¥याउने र छलफलबाट प्राप्त सुझावहरुलाई नीतिगत तहमा ल्याउनका लागि सबैको सार्थक प्रयास आवश्यक रहेको समेत औँल्याइन् । सामुदायिक वन उपभोक्ता महासंघ नेपालले २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म लैंगिक हिंसाबिरुद्धको १६ दिने अभियान सञ्चालन गरिरहेको छ ।

Advertisement

भर्खरको समाचार

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

सम्बन्धित खबरहरु

Scroll to Top