विराटनगरमा छैन क्रिकेट प्रशिक्षणको वातावरण,६ खेलाडी आफ्नै खर्चमा क्रिकेट सिक्न दिल्ली जादै

२६ साउन ७५, शनिबार
Share this
712shares

विराटनगर,साउन २६
क्रिकेटको अभ्यास गर्न क्षमतावान प्रशिक्षक तथा प्रशिक्षणस्थलको अभावका कारण क्रिकेट खेल्ने वातावरण नबनेपछि विराटनगरका ६ जना क्रिकेटर दिल्ली जाने भएका छन् ।

Advertisement

कुनै समय राष्ट्रिय क्रिकेट टिममा रहेर राम्रो प्रदर्शन समेत गरेका विराटनगरका क्रिकेटर सिद्धान्त लोहनीको नेतृत्वमा मेहबुब बाबू ईराकी , मुकुन्द यादव , अमृत सिहं , दिपक पासवान , श्रवण यादवको टोली प्रशिक्षणको लागि दिल्ली जाने भएको हो ।

खेलकुद निकायले कुनै चासो नराखेपछि आफ्नै खर्चमा भएपनि प्रशिक्षणमा जान लागिएको क्रिकेटर सिद्धान्त लोहनीले बताए । बिराटनगर स्थित शहीद मैदानको अभ्यास पिच पनि बिग्रिएको र मर्मत गर्न सम्बन्धित निकायलाई धेरै पटक भने पनि कसैले वास्ता नगरेको तथा बुधगरमा रहेको मैदान पनि खेल्न लायक नभएको खेलाडीहरु बताउँछन् ।

Advertisement

बिराटनगरको शहिद मैदानको क्रिकेट अभ्यास नेट :-

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top