काठमाडौं, साउन २६
शुक्रवार निधन भएका साहित्यकार तथा सञ्चारकर्मी यज्ञनिधि दाहालको शव उनकै ईच्छा अनुसार शिक्षण अस्पताललाई दान गरिएको छ । उनको शव शिक्षण अस्पतालका विद्यार्थी डक्टरहरुको प्रयोजनका लागि दान गरिएको हो ।
परिवारिक श्रोतका अनुसार शनिबार दाहालको अन्तिम इच्छा बमोजिम उनको पार्थिव शरीर त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालको एनाटोमी बिभागलाई बुझाईएको हो । गएको बुधबार बिहान खाना खाएर धारामा थाल राखेर फर्कने क्रममा उनी लडेका थिए । लडेपछि उनको टाउको रगत जमेको थियो ।
दुवै मृगौला खराब भएका दाहाल यज्ञनिधिले डायलाइसिस गरिरहेका कारण उनको मष्तिस्कको शल्यक्रिया गर्न सकिएको थिएन । दुई दिन काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गरेपछि उनलाई शुक्रबार ललितपुरको सुमेरु अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा उनको सुमेरु अस्पतालमा शुक्रबार निधन भएको थियो ।