एमालेमा ‘बा’बाद हाबी भयो : माधव नेपाल

२० मंसिर, काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेमा व्यक्तिवाद हाबी भएको आरोप लगाएका छन् । खेलकुद महासंघ समाजवादीको प्रदेश नम्बर १ स्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो आरोप लगाएका हुन् ।

‘एमालेमा व्यक्तिवाद, गुटबाद हाबी भयो। बा बाद हाबी भयो। विचारमा स्खलित भयो, त्यहाँ लोकतन्त्र छैन,’ उनले भने। अध्यक्ष नेपालले सूर्यमा ग्रहण लागिसकेको भन्दै कलमले न्यायको आवाज उठाउने बताए।

Advertisement

उनले एकीकृत समाजवादी पार्टीको भविष्य हुने र अन्य पार्टीको भविष्य पत्तासाफ हुने बताए। ‘नेकपा एकीकृत समाजवादी पार्टीको भविष्य हुनेछ। अन्य पार्टी पत्ता साफ हुनेछन्। केही समयपछि राष्ट्रिय सभाको चुनाव हुँदैछ, त्यो चुनावमा पाँच दलीय गठबन्धन एक हुन्छ,’ उनले भने।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top