भारतसँग विश्वासको सम्बन्ध कायम गर्नुपर्छ : प्रस्तावित राजदूत शर्मा

२० मंसिर, काठमाडाैँ ।

भारतका लागि प्रस्तावित राजदुत डा. शंकर शर्माले नेपाल र भारतका विचमा विश्वासको सम्बन्ध बनाउनुपर्ने बताएका छन् । सोमबार संसदीय सुनुवाईका क्रममा उनले आपसमा आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा सुधारका लागि दुई देशविच विश्वासको वातावरण बनाउनुपर्ने बताएका हुन् ।

आपसी विश्वास कायम गर्न सकेमा धेरै कामहरु गर्न सकिने प्रस्तावित राजदुत शर्माले बताए । नेपालको आवश्यकता र राष्ट्रिय हितको विषयलाई रणनीतिक रुपमा अगाडी लिएर जानुपर्ने आवश्यकता पनि उनले औँल्याए । प्रस्तावित राजदुत शर्माले भने, ‘दुई देशको आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा सुधार गर्ने विषयमा एउटा विश्वासकै आवश्यकता छ । सबभन्दा ठूलो विश्वास हो । विश्वासलाई विकास गर्न सके धेरै कामहरु सजिलैसँग अगाडी जानसक्छ । विश्वासको वातावरण बढाउँदै जाने, अगाडी लिएर जाने कुराहरु हुन्छ । हाम्रो आवश्यकता र राष्ट्रिय हितमा हुनसक्ने कुराहरुलाई रणनीतिक रुपमा लिएर जानसक्ने सम्भावना रहन्छ । यी कुराहरु सम्बन्ध सुधार गर्नलाई अत्यन्त महत्वपूर्ण हुन्छन् सुरुवातका लागि भन्ने मलाई लाग्छ । भारतसँगको सम्बन्धमा हाम्रो प्राथमिकता लगायत, अल्पकालिन, दिर्घकालिन रुपमा गर्नुपर्ने कुराहरु र आधारका कुराहरु कसरी अगाडी लिएर जानसक्छौँ भन्ने कुरामा अभ्यास गर्न सकियो भने राम्रो होला, त्यसमा पनि प्रयास गर्छु ।’

Advertisement

उनले भारतमा प्राप्त अवसरहरुलाई नेपालको समृद्धिको लागि उपयोग गर्दै अगाडी बढ्ने बताए। बैठकमा सांसदहरुले आर्थिक कुटनीतिमा जोड दिएर मुलुकको समृद्धिका लागि आवश्यक वातावरण बनाउन प्रस्तावित राजदुतहरुलाई सुझाव दिएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top