×

NEPAL TIMES UPDATES

Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026

बेलायतका प्रधानमन्त्रीलाई नेपाल भ्रमण गराउन पहल गर्छुः ज्ञानचन्द्र आचार्य

२० मंसिर २०७८

२० मंसिर, काठमाडाैँ ।

बेलायतका लागि प्रस्तावित राजदुत ज्ञानचन्द्र आचार्यले बेलायतका प्रधानमन्त्रीलाई नेपाल भ्रमण गराउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सोमबार संसदीय सुनुवाईका क्रममा प्रस्तावित राजदुत आचार्यले नेपालका प्रधानमन्त्रीहरुले बेलायतमा प्रशस्त भ्रमण गरेको उल्लेख गर्दै बेलायतका प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको पनि नेपाल भ्रमण गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका हुन् ।

Advertisement
Advertisement

बेलायतका राष्ट्र प्रमुखले नेपालको भ्रमण गरेपनि सरकार प्रमुखले हालसम्म भ्रमण गरेका छैनन् । दुई देशको सम्बन्धलाई अझै सुदृढ बनाउन सरकार प्रमुखको रुपमा बेलायतका प्रधानमन्त्रीको नेपाल भ्रमण गराउन उपयुक्त हुने उनको तर्क थियो । प्रस्तावित राजदुत आचार्यले नेपालमा लगानी भित्र्याउन पनि आफूले अधिकतम कोसिस गर्ने बताए । उनले भने ,अहिलेसम्म दुईटा कुरा हुन सकेको छैन । बेलायतबाट प्रधानमन्त्रीको भिजिट अहिलेसम्म भएको छैन । बेलायतबाट परराष्ट्रमन्त्रीको भिजिट पनि अहिलेसम्म भएको छैन । यहाँबाट चाँही प्रशस्त भ्रमण भएको तर उताबाट राष्ट्रध्यक्ष तहमा भएको तर सरकार प्रमुखको हैसियतले नभएको हुनाले मलाई लाग्छ–त्यसका निम्ति वातावरण तयार गर्ने । र त्यसका किसिमका भ्रमणहरु आगामी दिनमा गर्नका लागि अत्यन्त महत्वपूर्ण भूमिकमा खेल्नुपर्ने हुन्छ, राजदुत र दुतावासले ।’

भारतसँग विश्वासको सम्बन्ध कायम गर्नुपर्छ : शर्मा

त्यसैगरी भारतका लागि प्रस्तावित राजदुत डा. शंकर शर्माले नेपाल र भारतका विचमा विश्वासको सम्बन्ध बनाउनुपर्ने बताए । उनले आपसमा आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा सुधारका लागि दुई देशविच विश्वासको वातावरण बनाउनुपर्ने बताए । आपसी विश्वास कायम गर्न सकेमा धेरै कामहरु गर्न सकिने प्रस्तावित राजदुत शर्माले बताए । नेपालको आवश्यकता र राष्ट्रिय हितको विषयलाई रणनीतिक रुपमा अगाडी लिएर जानुपर्ने आवश्यकता पनि उनले औँल्याए ।

प्रस्तावित राजदुत शर्माले भने, ‘दुई देशको आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा सुधार गर्ने विषयमा एउटा विश्वासकै आवश्यकता छ । सबभन्दा ठूलो विश्वास हो । विश्वासलाई विकास गर्न सके धेरै कामहरु सजिलैसँग अगाडी जानसक्छ । विश्वासको वातावरण बढाउँदै जाने, अगाडी लिएर जाने कुराहरु हुन्छ । हाम्रो आवश्यकता र राष्ट्रिय हितमा हुनसक्ने कुराहरुलाई रणनीतिक रुपमा लिएर जानसक्ने सम्भावना रहन्छ । यी कुराहरु सम्बन्ध सुधार गर्नलाई अत्यन्त महत्वपूर्ण हुन्छन् सुरुवातका लागि भन्ने मलाई लाग्छ । भारतसँगको सम्बन्धमा हाम्रो प्राथमिकता लगायत, अल्पकालिन, दिर्घकालिन रुपमा गर्नुपर्ने कुराहरु र आधारका कुराहरु कसरी अगाडी लिएर जानसक्छौँ भन्ने कुरामा अभ्यास गर्न सकियो भने राम्रो होला, त्यसमा पनि प्रयास गर्छु ।’

उनले भारतमा प्राप्त अवसरहरुलाई नेपालको समृद्धिको लागि उपयोग गर्दै अगाडी बढ्ने बताए । बैठकमा सांसदहरुले आर्थिक कुटनीतिमा जोड दिएर मुलुकको समृद्धिका लागि आवश्यक वातावरण बनाउन प्रस्तावित राजदुतहरुलाई सुझाव दिएका थिए । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बाह्य मुलुकमा रहेका नेपालीहरुको सीप र धनलाई राष्ट्र निर्माणमा उपयोग गराउनका लागि राजदुतले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले भूतपूर्व गोरखा सैनिकहरुको माग सम्बोधन गराउन पनि बेलायतका लागि प्रस्तावित राजदुत आचार्यले भूमिका खेल्नुपर्ने बताए ।

सत्तारुढ दल नेपाली कांग्रेसका सांसद जितेन्द्र देवले नेपाली राजदुतहरुले राष्ट्रकै प्रतिनिधिको रुपमा भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले संसदमा हुने राष्ट्रकै चासोको विषयमा पनि नेपाली राजदुतहरुले चासो लिएर राष्ट्रिय हितमा तत्काल दृष्टिकोण बनाउनुपर्ने बताए ।

सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का सांसद देवप्रसाद गुरुङले राजदुतहरुले आर्थिक कूटनीतिमा जोड दिएर परराष्ट्र सम्बन्धलाई अझै बलियो बनाउनुपर्ने बताए । उनले राष्ट्रिय स्वाधिनताको रक्षाको विषयलाई राजदुतहरुले मूल विषय बनाएर अघि बढनुपर्ने खाँचो समेत औंल्याए ।

Advertisement

सांसद गुरुङले विदेशी लगानी नेपालमा भित्र्याउने वातावरण निर्माण गर्ने काममा राजदुतहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए ।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top