×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

भूकम्पपछिको पुनर्निर्माणबाट सिकेर मुलुकलाई सुरक्षित बनाउनुपर्छः राष्ट्रपति

२२ मंसिर २०७८

२२ मंसिर, काठमाडाैँ ।

राष्ट्रपति विद्या भण्डारीले २०७२ सालमा गएको विनाशकारी भूकम्पपछि पुनर्निर्माण तथा पुनस्र्थापना कार्यमा प्राप्त गरेका सफलता, सिकाई र अनुभवहरुको जगमा उभिएर सबै प्रकारका विपद् जोखिमबाट सुरक्षित मुलुक निर्माणतर्फ लाग्न सम्बन्धित सबै पक्षलाई आह्वान गरेकी छन् ।  राष्ट्रपति भण्डारीले सो विनाशकारी भूकम्पपछिको पुनर्निर्माण र पुनस्र्थापनाका क्रममा नेपालले प्राप्त गरेको अनुभव तथा सिकाईहरु अन्तराष्ट्रिय समूदायका लागि समेत अनुकरणीय हुने विश्वास समेत व्यक्त गरिन् ।

Advertisement
Advertisement

बुधबारबाट काठमाडौंमा सुरु भएको ‘नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन २०७८’ को उद्घाटन समारोहमा बोल्दै उनले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण कार्यसँग सम्बन्धित सबै पक्षलाई संलग्न गराई तयार पारेको दस्तावेजहरु विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन क्षेत्रमा लागि पर्ने जो कसैका लागि महत्वपूर्ण ज्ञानको भण्डारका रुपमा रहने स्पष्ट पारिन् ।

भूकम्पपछिको पुनर्निर्माण कार्य अनुकरणीय

राष्ट्रपति भण्डारीले भावी पुस्ताले समेत सो भूकम्पपछिको पुनर्निर्माण कार्य अनुकरण गर्न लायक रहेको बताइन् । भूकम्पपछि पुनर्निर्माण भएका भौतिक संरचनाहरु अझ बलियो बनेको उल्लेख गर्दै उनले त्यस कार्यमा सहयोग गर्ने अन्तराष्ट्रिय समूदायप्रति आभार समेत व्यक्त गरिन् । राष्ट्रपति भण्डारीले सो कार्यलाई तीव्रताका साथ अघि बढाउन तीनै तहको सरकारको सहयोग उल्लेखनीय रहेको पनि स्मरण गराइन् ।

उनले भनिन् , ‘पुनर्निर्माण तथा पुनस्थापनाको यस कार्यलाई हिजो भन्दा अझ बलियो, भूकम्प प्रतिरोधी एवम् हाम्रा भावी सन्ततीहरुले समेत उपयोग गर्न सक्ने गरी सम्पादन गर्न सफलता हासिल गरेकोमा म प्राधिकरणको नेतृत्व, सम्पूर्ण प्राधिकरण परिवार र उक्त कार्यमा सहयोग पु¥याउने तीनै तहका सरकार, जनप्रतिनिधिहरु, निजी क्षेत्र, सञ्चारकर्मीहरु, भूकम्प प्रभावित क्षेत्रका सम्पूर्ण जनसमुदाय एवम् प्रत्यक्ष वा परोक्ष रुपले पुनर्निर्माण कार्यमा संलग्न हुनुहुने, हुनु भएका सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु । साथै दुःखको त्यस घडीमा हामीलाई साथ र सहयोग पु¥याउने अन्तराष्ट्रिय समूदायप्रति पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु । भूकम्प पछिको पुनर्निर्माण र पुनस्र्थापनाका क्रममा हामीले प्राप्त गरेका अनुभव, तथा सिकाईहरु अन्तराष्ट्रिय समूदाय तथा भावी पुस्ताका लागि समेत अनुकरणीय हुनेछन भन्ने मलाई लागेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण कार्यसँग सम्बन्धित सबै पक्षलाई संलग्न गराई तयार पारेको दस्तावेजहरु, विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन क्षेत्रमा लागि पर्ने जो कसैका लागि महत्वपूर्ण ज्ञानका भण्डारका रुपमा रहनेछन भन्ने मेरो विश्वास छ । हामीलाई दुःख परेका बखत साथ दिने अन्तराष्ट्रिय समुदायसँग, हाम्रा हाम्रा अनुभव र सिकाईहरु साटासाट गर्ने, भविष्यमा सुधार गर्नुपर्ने क्षेत्रहरु पहिल्याउने र विशेषगरी हाम्रो मुलुकलाई विपद् जोखिमबाट सुरक्षित मुलुकका रुपमा उभ्याउनका लागि अवलम्बन गर्नुेपर्ने मार्गचित्र समेत पहिल्याउने उद्देश्यले आयोजना हुन लागेको यो अन्तराष्ट्रिय अत्यन्तै महत्वपूर्ण छ भन्ने मैले ठानेको छु । म यस सम्मेलनको पूर्ण सफलताको कामना गर्दछु । अन्तका भूकम्पपछि पुनर्निर्माण तथा पुनस्र्थापना कार्यमा हामीले प्राप्त गरेका सफलता, सिकाई र अनुभवहरुको जगमा उभिएर हाम्रो मुलुकलाई सबै प्रकारका विपद् जोखिमबाट सुरक्षित मुलुक निर्माणतर्फ लाग्न म सबैमा हार्दिक आह्वान गर्दछु । हाम्रो मुलुक भूकम्प धेरै आउने सम्भावना भएको मुलुकभित्र पर्दछ । यसलाई हामी बदल्न सक्दैनौं । आज हामी गर्वका साथ भन्न सक्छौं–भूकम्पले ढलेको धराहरा अझ बलियोसँग उठाएका छौं । पुनर्निर्माणको यस अभियानले हाम्रो अठोटलाई प्रतिविम्वित गर्दछ । प्रभावित क्षेत्रका सम्पूर्ण जनसमूदाय एवम प्रत्यक्ष वा परोक्ष रुपले भावी पुस्तालाई समेत अनुकरणीय हुने मलाई विश्वास लागेको छ । हामीलाई दुःख परेका बखत साथ दिने अन्तराष्ट्रिय समूदायसँग हाम्रो अनुभव र सिकाईहरु साटासाट गर्ने, भविष्यमा अत्यन्तै महत्वपूर्ण छ भन्ने मैले ठानेको छु । म यस सम्मेलनको पूर्ण सफलताको कामना गर्दछु ।’

Advertisement

राष्ट्रपति भण्डारीले विनाशकारी भूकम्पले नेपाली जनतालाई आहात पारेका बेला अन्तराष्ट्रिय समूदायले दिएको बलियो साथको पनि पटक पटक स्मरण गरिन् ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top