इंग्लिस प्रिमियर लिगमा चेल्सी, टोटनह्याम, बर्नमाउथ, क्रिष्टल प्यालेस र वार्टफोर्डको विजयी शुरुवात

इंग्लिस प्रिमियर लिगमा चेल्सी, टोटनह्याम, बर्नमाउथ, क्रिष्टल प्यालेस र वार्टफोर्डको विजयी शुरुवात

एजेन्सी, साउन २७
इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी, टोटनह्याम, बर्नमाउथ, क्रिष्टल प्यालेस र वार्टफोर्डले विजयी शुरुवात गरेका छन् । शनिबार रातिको खेलमा चेल्सीले हडर्स्फिल्डलाई ३–० को गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीलाई जिताउन जर्जिन्हो, पेद्रो र काण्टेले समान १÷१ गोल गरे । केही दिन अघिमात्र विश्वकै सबैभन्दा महंगो गोलकिपरका रुपमा अनुबन्ध भएका केपा अरिजाबालागाले चेल्सीबाट पहिलो खेल खेलेका थिए ।

अर्को खेलमा टोटनह्यामले न्यू क्यासललाई २–१ ले, बर्नमाउथले कार्डिफ सिटीलाई, क्रिष्टल प्यालेसले फुलह्यामलाई तथा वार्डफोर्डले ब्राइटलनलाई समान २ शून्यले पराजित गर्दै तीन÷तीन अंक जोड्न सफल भएका हुन् ।

टोटनह्यामले न्युकासललाई उसकै मैदानमा २–१ गोलले हराउँदा खेलको आठौं मिनेटमा जान भर्टोनघेनले सुरुआती गोल गरेका थिए । टोटनह्यामले गोल गरेको तीन मिनेट नवित्दै न्युकासलले गोल फर्कायो । उसका लागि जोसेलुले गोल गरेका थिए ।

१८औं मिनेटमा बामीडेले अलीले गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाए । बाँकी समयमा गोल हुन सकेन र टोटनह्यामले पहिलो खेलमा ३ अंक जोड्न सफल भयो । आइतबार रातीको खेलमा म्यान्चेष्टर सिटी र आर्सनल, लिभरपुल र वेष्टह्याम तथा साउथ ह्याम्प्टन र बर्नलीले प्रतिष्पर्धा गर्दैछन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.