कांग्रेस महाधिवेशनको तयारीको काम ९० प्रतिशत सकियो

२३ मंसिर, काठमाडाैँ ।
नेपाली कांग्रेसले १४ औँ महाधिवेशनको उद्घाटन लगायतका कामको तयारी अन्तिम चरणमा पुगेको बताएको छ । बिहीवार सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेपाली कांग्रेस काठमाडौं जिल्ला सचिव तथा १४ औंँ महाधिवेशन प्रचारप्रसार मञ्च व्यवस्थापन समिति संयोजक गोविन्द पुडासैनीले १४ औँ महाधिवेशनको लागि उद्घाटन लगायतका कामहरुको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको हो ।

Advertisement

उनले महाधिवेशन तयारीको काम ९० प्रतिशत सकिएको र बाँकी १० प्रतिशत काम आज राती १० बजेसम्मका सकिने बताए । संयोजक पुडासैनीले प्रदेशको अधिवेशन सम्पन्न गरेपछि केन्द्रीय अधिवेशनतर्फ लाग्नुपरेको कारण काम केही ढिला भएको बताए ।

Advertisement

मञ्चको पहिलो चरणमा कलाकार
उनले मञ्च तीन चरणमा बनाइएको र पहिलो, दोस्रो र तेस्रो चरणमा क्रमशः कलाकार, विभिन्न पार्टीको शीर्ष नेता र पार्टीका केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको बताए । संयोजक पुडासैनीले भने, ‘अब हामी लगभग लगभग तयारीको अन्तिम स्थितीमा पुगेका छौँ । हाम्रो ९० प्रतिशत काम सकिएको छ । आज हामी बेलुका १० बजेसम्म प्रचारप्रसार लगायत सम्पूर्ण तयारी सम्पन्न गर्नेछौँ । प्रदेशको अधिवेशन सम्पन्न गरेपछि केन्द्रिय अधिवेशनतर्फ लाग्नुपर्ने भएको कारणले ढिला भएको हो । मञ्च तीन स्टेपमा छ, पहिलोमा साँस्कृतिक संघको कार्यक्रम हुन्छ । जहाँ ४० जना कलाकारले एकैसाथ प्रश्तुत गर्ने गरी व्यवस्था गरेका छौँ । दोस्रो चरणमा पार्टीका शीर्ष नेताहरु, अन्य पार्टीका शीर्ष नेताहरु, विदेशी पाहुनाहरुलाई दोस्रो रोमा राख्नेछौँ । तेस्रोमा पार्टीका केन्द्रिय सदस्य लगायत अन्य अतिथिहरुलाई राख्नेछौँ । सर्वसाधारणलाई अफ्ठ्यारो नपरोस् भनेर प्रदर्शनी मार्गको सडकलाई मात्रै व्यवस्थित तरिकाले नियन्त्रणमा राख्नेछौँ । करिव साढे ३ लाखदेखि ४ लाख मानिस सहभागी हुन्छन् ।’

Advertisement

महाधिवेशनमा ४ लाखसम्म मानिस सहभागी हुने
संयोजक पुडासैनीले प्रदर्शनी मार्गमा मात्र पार्टीको काम भएकोले अन्य सडकमा सर्वसाधारणहरुलाई ट्राफिक जाम भएर समस्या नपर्ने बताए । उनले पार्टीको महाधिवेशनमा ४ लाखसम्म मानिस सहभागी बन्ने पनि बताए । नेपाली कांग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशन मंसिर २४ गते शुक्रवारबाट २७ गतेसम्म हुँदैछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top