×

NEPAL TIMES UPDATES

Playing
५ दिन आक्र म ण बन्द, इरानको ढोकामा ५,००० अमेरिकी सैनिक तैनाथ || Nepal Times
Mar 23, 2026
Playing
इ रानमाथिको आ क्रमण ५ दिन रोक्न ट्रम्पको निर्देशन, वार्ता सकारात्मक|| Nepal Times
Mar 23, 2026
Playing
रविको मु*द्दा फिर्ता लिने निर्णय विरुद्धको रिट ‘हेर्दाहेर्दै’मा|| Nepal Times
Mar 23, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-09-2082 || Nepal Times
Mar 23, 2026
Playing
१५औं महाधिवेशन मिति तोक्न कांग्रेसले डाक्यो बैठक|| Nepal Times
Mar 23, 2026
Playing
यु द्ध कै बीच इरानको अत्यधिक कमाइ, खाडी देशहरू भने अप्ठ्यारोमा || Nepal Times
Mar 23, 2026
Playing
इरानले अमेरिकी एफ–१५ फाइटरलाई निशाना बनाएको हो ?|| Nepal Times
Mar 23, 2026
Playing
‘धागो’ बनेर एकता बुनेका रवि–बालेन बीच लुकेका जोखिमहरू || Nepal Times
Mar 23, 2026
Playing
माननीयहरुको तलबसहितको सुविधा कति हुन्छ ? बाटो खर्च र खाजापनि || Nepal Times
Mar 23, 2026
Playing
चुनाव सम्पन्न गर्न मौसमविदहरु पर्दा पछाडिको हिरो || Nepal Times
Mar 23, 2026

बजेट खर्च हुन नसक्दा बजारमा तरलता भयाे: अर्थमन्त्री

२३ मंसिर २०७८

२३ मंसिर, काठमाडाैँ ।
अर्थमन्त्री जनार्दन शर्माले सरकारको पूँजीगत बजेट खर्च हुन नसक्दा बजारमा तरलता अभाव भएको बताएका छन् । बिहीवार प्रतिनिधिसभा अन्तर्गत अर्थसमितिको बैठकमा समग्र अर्थतन्त्रको पछिल्लो अवस्थाबारे जानकारी दिँदै अर्थमन्त्री शर्माले सरकारले बनाएको योजना अनुसार पूँजिगत खर्च गर्न नसक्दा तरलता अभाव भएको बताएका हुन् ।

अर्थमन्त्री शर्माले तरलता व्यस्थापनको लागि निरन्तर रुपमा राष्ट्र बैंकसँग छलफल भइरहेको बताए । मन्त्री शर्माले आफू अर्थमन्त्री भएपछि पहिलो तीन महिनामा १० प्रतिशत र त्यसपछिका प्रत्येक महिनामा १०÷१० प्रतिशतका दरले पूँजिगत खर्च गर्ने योजना बनाएको तर, योजना अनुसार खर्च गर्न नसकेको स्वीकार गरे ।

Advertisement

राष्ट्र बैंकसँग अहिले १६ अर्ब तरलता
उनले राष्ट्र बैंकसँग अहिले १६ अर्ब तरलता रहेको भन्दै ९० अर्ब रुपैयाँसम्म बैंकहरुलाई दिन सक्ने राष्ट्र बैंकको क्षमता रहेको बताए । अहिले सरकारले वैदेशिक ऋण लिन नसक्दा पनि तरलता बन्दै गएको कुरा आएको भन्दै अर्थमन्त्री शर्माले सरकारले आवश्यक परे मात्रै ऋण लिने बताए । सरकारले अहिलेसम्म ४ खर्ब १६ अर्ब रुपैयाँ अर्थात् गत आवको तुलनामा ४० प्रतिशतले राजश्व उठेकाले खासै पैसाको अभाव नभएको बताए । चालु आर्थिक वर्षमा मात्रै २३ खर्ब ८६ अर्ब राष्ट्र बैंकले तरलता प्रवाह गरेको भए पनि समस्या समाधान भइ नसकेको बताए ।

आर्थिक वृद्धिदर ७ प्रतिशत नै हासिल हुन्छ
अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ७ प्रतिशत नै हासिल गर्न सकिने बताए । उहाँले विभिन्न समस्याका कारण आर्थिक वृद्धिको लक्ष्य भेट्न मुस्किल रहेको भने पनि त्यस्तो समस्या नहुने स्पष्ट पारे । अर्थमन्त्री शर्माले ‘क्लाइमेट चेञ्ज’ ले धेरै चुनौति दिए पनि चुनौतिका बावजुद आर्थिक वृद्धिदरको लक्ष्य भेटिने बताए । अर्थमन्त्री शर्माले विदेशबाट अवैधरुपमा भित्रिने सुन नियन्त्रणको लागि अर्थमन्त्रालयले विशेष ‘टास्क फोर्स’ बनाएर विमानस्थल भन्सारमा राखेको बताए । उनले अहिले विमानस्थलबाट नियन्त्रणमा लिइएको सुनको भन्सार तिरेर मात्रै लैजाने व्यवस्था गरिएकाले यसबाट राजश्वमा टेवा पु¥याउने बताए ।

विलाशिताका वस्तुलाई पनि आयातमा नियन्त्रण गर्ने योजना
उनले अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काँचो सुनलाई थोरै बटारेर ल्याएको सुन दैनिक १९÷२० किलो जम्मा भएको बताए । मन्त्री शर्माले सरकारले विलाशिताका वस्तुलाई पनि आयातमा नियन्त्रण गर्ने योजना बनाउने तयारी गरेको बताए । अर्थमन्त्री शर्मालले भने,‘ सरकारले पूँजिगत खर्च बढेको भए बजार तरलता अभाव नहुने थियो । तर,सरकारले बनाएको योजना अनुसार पूँजिगत खर्च गर्न नसक्दा तरलताको समस्या आएको छ। पूँजिगत खर्च गर्ने पुरानो व्यवस्था छ त्यसलाई परिर्वतन गर्नु पर्ने अवस्था छ । विगतको सरकारले बनाएका कतिपय नीतिको कारण पनि अहिलेको समस्या आएको हो । राष्ट्र बैंकले तरलता सहज बनाउन लागि रहको छ । नेपालको अर्थव्यवस्था आयतमुखी भएको छ। यसलाइ उत्पादनमूखी बनाउनु पर्ने चुनौती रहेको छ। यसको लागि गुणात्मक परिवर्तन आजको आवश्यता हो, राजश्व संकलन प्रणाली, खर्चे गर्ने प्रणाली बलियो बनाउनु आवश्यक पर्छ । यसका लागि ऐन कानून सुधार गर्नुपर्छ । सरकारको समग्र खर्च गत वर्षको भन्दा २ प्रतिशत बढी रहेको छ । प्रतिस्थापन बजेट ल्याउने प्रक्रिया, नीतिगत प्रक्रिया लगायतमा समय लागेका कारण खर्च हुन केही ढिलाइ भएको छ । तर अब रफ्तारमा पूँजिगत खर्च गर्ने तयारीमा सरकार छ । नीतिगत प्रक्रियाहरु, प्रतिस्थापन विधेयक पारित लगायतले केही ढिलाइ भयो, अब ढिलो हुँदैन पूँजिगत खर्च रफ्तारमा हुन्छ ।’

खर्च बढाउन पहल
त्यस्तै, अर्थसचिव मधुकुमार मरासीनीले सरकार पूँजिगत खर्च बढाउनको लागि निरन्तर विकास बजेट खर्च गर्न मन्त्रालयहरुसँग छलफल भइरहेको बताए । सचिव मरासिनीले चालु आर्थिक वर्षको पूँजिगत खर्च पछिल्लो पटक राजनीतिक परिर्वतन, अध्यादेश बजेट, सरकार परिर्वतन, नयाँ सरकारको प्रतिस्थापन बजेटका कारण कम भएको बताए । उनले अर्थमन्त्रालयले खर्च गर्ने मापदण्डहरु कुनै पनि नरोकेको सबै प्रणाली मार्फत् नै भइरहेको बताए । अर्थ सचिव मरासिनीले भने,‘पछिल्लो विविध घटनाका कारण पूँजिगत खर्च सरकारको लक्ष्य अनुसार हुन सकेन । अहिलेसम्म ५.९ प्रतिशत खर्च भएको छ। गत वर्ष ९.११ प्रतिशत भएको थियो । तर, यो वर्ष विभिन्न विभागका डिजी,मन्त्रालयका सचिव सरुवा समयअनुकुल नहुँदा खर्च कम भयो।’

सेयर बजार २५ सय विन्दु नै रहनुपर्छ भन्न मिल्दैन
अर्थ सचिव मरासिनीले सरकारले सेयर बजारलाई २५ सय विन्दु नै रहनुपर्छ भन्न नमिल्ने बताए । उनले सरकारले राष्ट्र बैंकको मौद्रिक नीति मार्फत् कडाइ गरेको र अहिले घटिरहेको सेयर बजारमा सेयर बढेको बेला किन्ने लगानीकर्तालाई समस्या परेको भन्दै समग्रमा अहिले राम्रो रहेको बताए ।

भर्खरको समाचार

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न

d17c7b9f-a3d8-44b2-992a-31625131637d

रविको मुद्दा संशोधनबारे महान्यायाधिवक्ताको निर्णयमा के छ ?

rabi lamichhane

कांग्रेसको ओरालो यात्राः देउवाको मौनता कि गगनको हतारो ?

deuwba and gagan

होर्मुजमा २२ देशबाट घेरियो इरान,ट्रम्पले दिए ४८ घण्टा, इजरेलमा भीषण हमला

Screenshot 2026-03-22 134130

कोशी र लुम्बिनीमा मेघगर्जनसहित वर्षा,टिपर दुर्घटनामा ४ जनाको मृत्यु

Mausam

लिपुलेकबाट भारत–चीन व्यापार पुनः सुरू हुँदै, नेपाललाई बेवास्था

596774ff-a83d-4b61-9317-9eb37f7ee909

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

सम्बन्धित खबरहरु

Scroll to Top