प्रकाशमानको उद्घोष- सभापतिबाट ब्याक हुन्नँ, उम्मेदवारी दर्ता गर्छु

प्रकाशमानको उद्घोष- सभापतिबाट ब्याक हुन्नँ, उम्मेदवारी दर्ता गर्छु

२३ मंसिर, काठमाडौं ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू सभापतिको उम्मेदवार बन्ने निर्णयबाट पछाडि फर्किने कुनै सम्भावना नरहेको बताएका छन् । सम्पर्क कार्यालय खोलेर महाधिवेशन प्रतिनिधिहरुसँग भेटवार्ता थालेका पूर्वमहामन्त्री सिंहले सञ्चारकर्मीसँगको कुराकानीमा आफूले शनिबार सभापतिमा उम्मेदवारी दर्ता गराउने बताए।

कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन भोलि हुनेछ भने पर्सि उम्मेदवारी दर्ताको समय तोकिएको छ । रामचन्द्र पौडेल समूहबाट को सभापतिको उम्मेदवार बन्ने भन्ने अझै टुंगो लागेको छैन । सहमतिका लागि प्रयास भइरहको बेला नेता सिंहले भने सभापतिमा दाबी कुनै हालतमा नछोड्ने बताए । उनले भने, ‘पर्सि उम्मेदवारी दर्ता गर्न मैले तयारी गरिसकेको छु ।’

आफूले १३औं महाधिवेशनमा पनि दाबी छाडेको भन्दै सिंहले यसपाली आफू सभापतिका लागि नोमिनेसन गर्ने तयारीमा जुटिसकेको बताए । ‘यत्तिकै म किन ब्याक हुने? ब्याक हुनका लागि घोषणा गरेको नै होइन,’ उनले भने, ‘१३औं महाधिवेशनमा म ब्याक भएकै हो नि। सभापति र महामन्त्री दुवैबाट।’

उनले न्यायसंगत रुपमा हुने सहमतिमा आफू तयार रहेको पनि बताए।

 

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.