कांग्रेस केन्द्रीय सदस्यमा देउवा समूहकी चित्रलेखा यादव विजयी

कांग्रेस केन्द्रीय सदस्यमा देउवा समूहकी चित्रलेखा यादव विजयी

३ पुस, विराटनगर ।

नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा शेरबहादुर देउवा समूहकी चित्रलेखा यादव निर्वाचित भएकी छन् ।

१४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य प्रदेश नम्बर २ (महिला) एक पदमा यादव विजयी भएकी हुन् । पार्टीको केन्द्रीय निर्वाचन समितिले दिएको जानकारी अनुसार यादवले दुई हजार ७३१ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी गीता चौधरीले एक हजार ८८५ प्राप्त गरिन् ।

समिति संयोजक गोपालकृष्ण घिमिरेका अनुसार मतदानमा जम्मा चार हजार ६६२ मत खसेको र त्यसमध्ये ४६ मत बदर भएको थियो ।

कांग्रेस विधानअनुसार प्रत्येक प्रदेशबाट तीन जनाका दरले निर्वाचित हुने केन्द्रीय सदस्यमध्ये केन्द्रीय सदस्य प्रदेश नं २ मा यसअघि नै रमेश रिजाल र आनन्दप्रसाद ढुङ्गाना निर्विरोध निर्वाचित भइसकेका छन् ।

शुक्रबार सबै पदाधिकारीको मतगणना सम्पन्न भएपछि सदस्यको मतगणना सुरु गरिएको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.