११ पुस, एजेन्सी ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अफगानिस्तानको अर्थतन्त्र बचाउन सहयोगका लागि अमेरिकालाई आग्रह गरेका छन् ।
अमेरिकाले अफगानिस्तानमा दुई दशक संलग्न रहेकाले सहायता उपलब्ध गराउनुपर्ने उनको भनाइ छ । ‘जो त्यहाँ २० वर्षदेखि छन् र अर्थतन्त्रलाई ध्वस्त पारेका छन्, पहिले उनीहरूले सहयोग उपलब्ध गराउनुपर्छ,’ वार्षिक पत्रकार सम्मेलनका क्रममा पत्रकारको प्रश्नको जवाफ दिँदै पुटिनले भने ।
अमेरिका लगायत देशले रोक्का गरेको अफगानिस्तानको सम्पत्ति पनि फुकुवा हुनुपर्ने उनको भनाइ छ । पुटिनले सबै जातीय समूहको प्रतिनिधित्व गर्दै समावेशी सरकार गठन गर्न तालिवानलाई पनि सुझाव दिएका छन् ।
