फर्कियो च्याम्पियन महिला भलिबल टोली, विमानस्थलमा भब्य स्वागत

१४ पुस ७८, बिहीबार

१५ पुस, काठमाडौं ।
बंगलादेशको ढाकामा सम्पन्न एभिसी एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा सहभागि भएको नेपाली भलिबल टोली बिहीबार स्वदेश फर्किएको छ ।

उपाधि जितेर फर्किएको नेपाली टोलीलाई नेपाल भलिबल संघले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दा युवा तथा खेलकुद मन्त्री टोलीलाई स्वागत गर्न विमानस्थल पुगे ।

सेन्ट्रल जोन भलिबल च्यालेन्जकपको उपाधि रक्षा गरेको महिला टोली र चौथो भएको पुरुष टोली सहित दुई निर्णायक र पदाधिकारीसहितको टोली बिहीबार स्वदेश फर्किएको हो ।

यस अघि २०१९ मा नेपाल पहिलो पटक उपाधि जितेको थियो । पुरुष तर्फको खेलमा पुरुष टोलीले मध्यम प्रदर्शन गरे पनि महिला तर्फ भने टोलीले अपराजित रहँदै उपाधि जितेको थियो ।

सोही महिला टोलीलाई स्वागत गर्न युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, नेपाल भलिबल संघका पदाधिकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

अन्तर्राष्ट्रिय स्तरको भलिबल प्रशिक्षणको आवश्यकता

बिहीबार अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि नेपाली महिला टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले नेपाल महिला भलिबलमा राम्रो भएको र अबको दिनमा भलिबका लागि छुट्टै अन्तर्राष्ट्रिय स्तरको भलिबल प्रशिक्षण स्थल आवश्यक भएको बताए ।

प्रतियोगिता अगाडि भन्दा पनि सधै निरन्तर नेपाली टोलीलाई अभ्यासमा निरन्तर बनाउँदै चलयमान बनाउन सके नेपालको भलिबल निकै माथि पुग्ने नेपाली टोलीका मुख्य प्रशिक्षक भट्टले बताए ।

यस्तै उपाधि जितेर स्वदेश फर्किएपछि नेपाली महिला टोलीकी कप्तान अरुणा शाहीले पनि प्रशिक्षक भट्टले भने जस्तै भलिबललाई सुविधा सम्पन्न कभर्डहल आवश्यक भएको बताइन् । कप्तान अरुणाले ग्रासरुट लेभलबाट नै भलिबलमा काम गर्न सके आउँदा दिनमा बलिया राष्ट्रमा अझै राम्रो सफलता हात पार्ने बताइन ।

बंगलादेशको ढाकामा मंगलबार सम्पन्न फाइनल खेलमा नेपाली महिला टोलीले ज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै उपाधि रक्षा गरेको थियो ।

साविक विजेता नेपाली महिला टोलीले अपराजित रहँदै उपाधि उचाल्ने क्रममा लिग चरणको पहिलो खेलमा श्रीलंकालाई ३–२ ले हराएको थियो भने बंगलादेश, माल्दिभ्स, उज्वेकिस्तान, र कीर्गिस्तानमाथि ३–० को सोझो सेटमा हराएको थियो ।

च्याम्पियन १२ खेलाडीलाई जनही पाँच लाख

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि जित्ने महिला भलिबल खेलाडी, प्रशिक्षक र अफिसियललाई नगद पुरस्कारले सम्मान गर्ने निर्णय समेत गरेको छ ।

बैठकले उपाधि जित्ने १२ खेलाडीलाई जनही पाँच लाख, दुई प्रशिक्षकलाई जनही ३ लाख र एक अफिसियललाई २ लाख रुपैयाँ नगदले पुरस्कृत गर्ने निर्णय गरेकोे छ ।

उपाधि जितेकालाई फूलमाला हारेकालाई उपेक्षा

बंगलादेशको ढाकामा सम्पन्न एभिसी एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा सहभागि भएको नेपाली महिला टोलीलाई स्वागतमा पूmल, माला, खादा सहिद स्वागत गर्दा पुरुष टोली भने उपेक्षामा प¥यो ।

नेपाल भलिबलकी उपाध्यक्ष निरोज मास्केको नेतृत्वमा भएको स्वागत कार्यक्रममा महिला टोलीको चर्चा भयो तर पुरुष टोली भने गुमनामका साथ विमानस्थलबाट बाहिरिन पुगे । स्वागत गर्न भलिबल संघले नेपाली टोली बाहिरिएको पत्तै पाएन ।

च्याम्पियन महिला टोली राष्ट्रिय खेलकुद परिषदको बसमा त्रिपुरेश्वर स्थित दशरथ रंगशालमा आयोजना गरेको सम्मान कार्यक्रममा सवार हुँदा पुरुष टोली भने आपूm खुसी विमानस्थलबाट बाहिरिएका थिए । पुरुष टोलीका लागि न्यु डायमन्ड एकेडेमीको बस ब्यवस्थापन गरिए पनि पुरुष खेलाडी आपूm खुसी ट्याक्सी चढेर विमानस्थलबाट बाहिरिएका हुन् ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top