×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

इमान बेचेर मन्त्रीको कुर्सीमा बस्दिन्ः प्रेम आले

१६ पौष, काठमाडौँ । संस्कृति, पर्यटन तथानागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो इमान बेचेर मन्त्रीको कुर्सीमा नबस्ने बताएका छन् । शुक्रबार नेपाल पर्यटन बोर्डको २३ औँ वार्षिकोत्सवमा बोल्दै मन्त्री आलेले इमान बेचेर मन्त्रीको कुर्सीमा नबस्ने बताएका हुन् ।

सिईओ धनञ्जय रेग्मीले गाडी बेचेर इमान किन्न खोजे

Advertisement
Advertisement

उनले हाल छानबिनका क्रममा रहेका बोर्डका सिईओ धनञ्जय रेग्मीले टोयोटाका गाडी बेचेर आफ्नो इमान किन्न खोजेको भन्दै आक्रोश व्यक्त गरे । मन्त्री आलेले सिईओ रेग्मीकै कारण बेलायतमा भएको विश्व पर्यटन मेलामा नेपालको बेइज्जत भएको भन्दै रक्सीको मातमा उन्मत्त भएका मानिसलाई संस्थाको सिईओ बनाउँदा संस्था चल्न नसक्ने बताए ।

उनले सिईओ रेग्मीलाई साँढेको संज्ञा दिँदै आफ्नो इमान किन्ने कुरा सपनामा पनि नसोच्न चेतावनी दिए ।

मन्त्री आलेले भने, ‘अब यहाँ साँढेहरुलाई ल्याएर राजनीतिक नियुक्ति दिइन्छ । अब त्यो साँढे कस्तो हुन्छ भन्दा हुँहुँहुँ गरेर आउँछ । भखैर पदबहाली गरेको हुँहुँहुँ गरेर आउँछ । त्यहाँ बुढापाका, बालबालिकाहरु आउनुभएको छ ।त्यति बेला बधाई दिनआउनुभएको छ । अनिमन्त्रीसँग मेरो क्लाइमेक्स मिल्दैन । क्लाइमेक्स मिल्न त मैले जाँड खने हुनुपर्छ । यहाँबाट म लण्डनको प्रोग्राममागएँ । म जाँदै जाँदिन भन्दा जाउँहजुर भने ।त्यहाँ त आफ्नो देशको बारेमा कुरा राख्नुपर्छ भने । जबरजस्ती गरेर लगे । त्यहाँ गएपछि मैले मेरो देशको लागि कोभिडबाट थला परेको देश, हस्पिटालिटीमा लागेका साथीहरुसहित विभिन्न साथीहरु, हाम्रो देश सेभ जोनमा छ । भनेर सबैलाई आह्वान गर्ने इच्छा थियो । त्यो फोरममाबोल्ने इच्छा थियो । तर त्यो साँढेले केहीपनि छैन, बोल्ने कार्यक्रम मन्त्री ज्यू । त्यहाँ जान्छु १७ देश जतिकामन्त्रीहरु राउण्ड टेबलमा बसेर आफ्नो देशको विषयमा टुरिजमको विषयमा कुरा राख्छन् । म आउट अफ रिङ छु । एउटा देशको मन्त्री । यहाँबाट लण्डन गएँ, दूतावासमा राखिदियो । लण्डनमा जाँदा टिकट कति लाग्छ अब म हेर्दै बसौँ त ?त्यो त व्यवस्थापनले गर्ने कुरा हो । अन्तिममा त्यो फोरममामैले बोल्न पाइनँ । मलाई एकदमै इरिटेड भयो । अब यस्तो साँढेलाई सिईओ हामीले बनायौँ भने संस्था चल्छ ? सदस्यहरुले यस्तो गर्नुहुँदैन संस्था डुब्छ भन्दा ल तपाई आज धेरै रिसाउनुभयो, जाउँ हिँड्नुस् रक्सी खानभन्ने, त्यस्तो साँढेलाई ल्याएर सिईओ बनाएपछि संस्था चल्छ ? म त दुःखका साथ भन्छु, लण्डनमा हुँदाकार्यक्रममा डेढ घण्टा म उभिएँ, सबैले स्याम्पेन खाइरहेका छन् । म नखाने मान्छे साइडमा उभिरहेँ । हाम्रो त्यो साँढेले पनि भटाभट लगाइरहेको छ । आफ्नै आँखाले देखिरहेको छु, मलाई खा भन्छ । उसले पहिलाको मन्त्री जस्तो ठान्यो होला प्रेम आलेलाई । ४ वटा गाडी बेचेर प्रेम आलेलाई त्यो इमान म खरिद्छु भनेर त्यसले सोच्यो होलात्यो सपनामा पनि नसोचे हुन्छ । इमानबेचेर म यो चियरमा बस्नेवाला छैन ।’

मन्त्रालयमा विकृतिहरुको चाङ

मन्त्री आलेले आफ्नो मन्त्रालय अन्तरगतका संघसंस्थाहरुमा विकृतिहरुको चाङ भएकोले सम्हाल्नै गाह्रो भइरहेको बताए । उनले पहिला काले काले मिलेर भाले खाएपनि अब प्रेम आले आएकोले भ्रष्टाचार हुन नदिने बतए ।

मन्त्री आलेले भने, ‘बेचेर खान पाए हुन्थ्यो भनेर त्यो धन्दामा छन् । यस्ता यस्त विकृतिहरु छन् सम्हाल्नै गाह्रो छ । म आईसकेपछि पर्यटन विभागमा भर्खरै हाम्रो डिजीसाब आउनु भएको थियो । उहाँलाई पनिथाहाथिएन । टेण्डर एउटा अनाउन्स भयो ।त्यो टेण्डरमा के रहेछ भन्दा जसले ढुंगा छाप्यो उसले टेण्डर पाउने । फस्टमा टेण्डर निस्क्यो, एएटाले टेण्डर बिट गर्छ उसले ठेक्कापायो । दोस्रो वर्ष टेण्डर निकाल्दाज सले ढुंगा छापेको छ, उसैले ठेक्का पाउने । तेस्रो वर्ष पनि उसैले । मलाई एक लस्कर ठेकेदारहरुले भने हामी अर्बौं लगानी गरेर काम गरिरहेका छौँ । तर हामीले पर्यटन विभागको टेण्डरमा १५ करोडको ठेक्कालिन हामीलाई आउट गरिदियो । जम्मै सेटिङको काम छ भन्छन् । त्यसपछि मैले इमिडेट्लीक्यान्सिल गराएँ । त्यहीँभित्र म नामलिन्न । होइन हजुर यो पहिलाकै चलन हो । पहिला त काले काले मिलेर खाउँभाले भन्थे, अब आयो आले ।’

डब्लूटिएमको कार्यक्रममा जाँदाको ८० लाख खर्चको छानविन हुनुपर्ने

मन्त्रीआलेले डब्लूटिएमको कार्यक्रममा जाँदा बोर्डबाट ८० लाख खर्च भएको भन्ने सुनेको भन्दै त्यसको छानबिन गर्न माग गरे । उनले सबै खाने खर्च आफूले व्यहोरेकाले खर्चको बारेमा छानबिन गरेर कारबाही गर्नुपर्ने बताए ।

मन्त्री आलेले भने ‘म त्यो डब्लूटिएमको प्रोग्राममा जाँदा सबैभन्दा सानो स्टल हाम्रोतिर । दुई चारवटा कुखुरा अटाउने खालको । झनगैँडा भएपछि अट्न पनिगाह्रो । फोटो सेशन गरौँ भनेर गरेका थियौँ। अट्न पनिगाह्रो छ । मैले निमित्तकार्यकारी सिईओलाई सोधेको छु कतिखर्च भयो भनेर, इभन खाना समेत मैले आफ्नो पकेटबाट निकालेर खाएको छु । बस्न दूतावासमा म, सचिव ज्यू लगायत बसेका छौँ । मेरो होटलमा एक रुपैयाँखर्च भएको छैन । खानामा एक रुपैयाँ खर्च भएको छैन । ८० लाख बिल आयो भन्नुभएको छ ।यो पनि एउटा कारबाहीको विषय बन्छ । ८० लाख के मा खर्च भयो ? मेरो टिकटको कुरा त पर्यटन मन्त्रालयबाट भएको छ । मेरो दायित्व त यहाँ जोडिएको छैन । के मा गर्नुभयो तपाईले ८० लाख खर्च ?त्यसको छानबिन गर्नुहोस् । कानूनी दायरामा ल्याउनुस् । कडा भन्दा कडा कारबाही गर्नुहोस् ।’

Advertisement
Advertisement

मन्त्री आलेले आफ्नो संस्थाप्रति उत्तरदायी भएर काम गर्न सबै कर्मचारीहरुलाई निर्देशन समेत दिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top