×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

नयाँ वर्ष मनाउन जानकी मन्दिरमा भारतीयको लर्को

१७ पुष २०७८

१७ पुस, जनकपुरधाम ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणको कारणले थला परेको जनकपुरको पर्यटन क्षेत्र अहिले नयाँ वर्षमा भरिभराउ भएको छ ।

अंग्रजी नयाँ वर्ष मनाउन जनकपुरमा भारतीय पर्यटकहरुको घुइचो लागेको छ । भगवानको दर्शन र पुजापाठ गरेर नयाँ वर्षको सुरुवात सुखमय होस भन्ने अभिलाषाका साथ जनकपुरमा पर्यटकहरु भरिएको छ ।

Advertisement
Advertisement

शनिबार बिहानैदेखि जनकपुरको जानकी मन्दिर , राममन्दिरलगायतका धार्मिक मठमन्दिरहरुमा पर्यटकहरुको भिड लागेको छ । भारतीय गाडिहरुको चाप बढेको छ । महोत्तरीको जलेश्वर र धनुषाको जटही नाकाबाट भारतीय पर्यटकहरु अत्याधिक रुपमा जनकपुर आएका छन ।

कोरोनाको कारणले जनकपुरसहितको पर्यटन क्षेत्र सुस्त भएको थियो । अहिले बिहार राज्यको मात्रै नभई अन्य प्रान्तबाट समेत जनकपुरमा पर्यटकहरुको भिड देखिएको छ ।

नेपालका साथै छिमेकी मुलुक भारतका दक्षिण भारत, राजस्थान, गुजरात, महाराष्ट्र, हरियाणा, दिल्ली, बिहार, उत्तरप्रदेश सिमला, उत्तराखण्डलगायत राज्यबाट हजाराँैको संख्यामा पर्यटक जनकपुरधाम आउने गरेका छन ।

त्यसैगरी, मौरिसस, फिजी, मलेसियाको बाली, इन्डोनेसिया, श्रीलंका, अमेरिका, चीनलगायत मुलुकबाट पर्यटक जनकपुरधाम आउने गरेको यहाँका होटेल व्यवसायी बताउँछन । नयाँ वर्षको अवसरमा भने बिहारसहित विभिन्न प्रान्तका पर्यटकहरु जनकपुर आएका छन ।

अहिले जनकपुरको होटलहरु पर्यटकले भरिभराउ भएको छ । जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दासले जानकी मन्दिरमा तिन चार वर्ष पछि यतिको संख्यामा पर्यटक आएको भन्दै खुशी व्यक्त गरे ।

भारत मध्य प्रदेशस्थित टिकमगढकी राजकुमारी वृषभानुकुमारीले नौं लाख चाँदीका असर्फी खर्चेर निर्माण गराएकाले यसलाई नौंलखा मन्दिर पनि भन्ने गरिन्छ ।

सन् १८९४ मा शिलान्यास भई सन् १९११ मा मुगल शैलीमा निर्माण सम्पन्न भएको मन्दिर नेपालको ख्यातिप्राप्त कलाको उत्कृष्ट नमूना मानिन्छ । सिताको जन्मभूमि रहेको कारणले समेत धार्मिक पर्यटकहरु जनकपुर अत्याधिक रुपमा आउने गरेका छन ।

तर नयाँ वर्षमा अहिले अत्याधिक रुपमा पर्यटकहरु आएका कारणले व्यापार र व्यवसायी समेत राम्रै चलेको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top