चीनको छिङहाईमा ६ दशमलव ६ म्याग्निच्युडको भूकम्प

२४ पुस, एजेन्सी ।
चीनको उत्तरपश्चिमी छिङहाई प्रान्तको मेनुवानमा ६ दशमलव ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

स्थानीय समय अनुसार आज बिहान १ बजेर ४५ मिनेटमा १० किलोमिटर गहिराइ बनाएर भूकम्प गएको हो ।

भूकम्पको केन्द्र ३७ दशमलव ७७ डिग्री उत्तरी अक्षांश र १०१ दशमलव २६ डिग्री पूर्वी देशान्तरमा रहेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

Advertisement

भूकम्पपछि परकम्प गएका छन् । क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top