पीएमकप टी–२० क्रिकेट आजदेखि सुरु, कर्णालीलाई आर्मीको सामान्य लक्ष्य

२५ पुस ७८, सोमबार

२६ पौष, काठमाडौँ । प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ ।

प्रतियोगिता अन्तर्गत पहिलो दिन आज चार वटा खेल हुँदैछन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने उद्घाटन खेलमा त्रिभुवन आर्मी र कर्णाली प्रदेश खेल्दैछन् ।

त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई १ सय १७ रनको सामान्य विजयी लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको आर्मी १९.१ ओभरमा १ सय १६ रनमा अल आउट भयो ।

आर्मीका कप्तान विनोद भण्डारीले १७ बलमा २ चौका र २ छक्का सहित सर्वाधिक २९ रन बनाए । हरि चौहानले २१ बलमा ३ चौकासहित २० रन बनाए । अन्य कुनैपनि ब्याटरले रन बनाउन सकेनन् । आर्मी सोनु तामाङ क्रिजमा नआई रिटायर्ट हर्ट भएका थिए ।

ओपनर सोमपाल कामी १५ बलमा ९ रन, रोहित कुमार पौडेल र कुशल मल्ल १०–१० रन बनाए । तल्लोक्रमका राजेश पुलामी मगर २, विक्रम सोब १, सुशान भारी ८, साहव आलम ९ र जितेन्द्र मुखियाले ८ रन बनाए ।

सुदूरपश्चिमका प्रकाश जैशीले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । अनुज चनाराले ३.१ ओभरमा १ मेडन सहित २२ रन खर्चेर २ विकेट लिए । दीनेश अधिकारी, रविन्द्रजंश शाही र राज शाहले १–१ विकेट लिए ।

प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ । समूह ’ए’ मा आर्मी क्लब, पुलिस क्लब, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर १ रहेका छन् ।

यस्तै समूह ’बी’ मा एपीएफ क्लब, वाग्मती प्रदेश, प्रदेश नम्बर २, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश रहेका छन् । दुवै समूहका विजेता र उपविजेता टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल माघ ५ गते हुनेछ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top