यस्तो ह्वेल जसले १७ दिनदेखि मृत बच्चालाई लिएर समुन्द्रमा घुमिरहेको छ

यस्तो ह्वेल जसले १७ दिनदेखि मृत बच्चालाई लिएर समुन्द्रमा घुमिरहेको छ

एजेन्सी, साउन २९
एक ह्वेल १७ दिनदेखि आफ्नो मृत बच्चालाई लिएर समुन्द्रमा घुमिरहेको भेटिएको छ । ह्वेलको यो फोटो संसारभरी भाइरल भइरहेको । समुन्द्री जीवको अध्ययन गर्ने माइकल मिलस्टिनका अनुसार शोधकर्ताले बुधबार जे३५ नाम दिइएको २० वर्षे ह्वेललाई वासिङ्टनको ओलम्पिक पेनिन्सुला नजिकै आफ्नो मृत बच्चालाई बोक्दै घुमिरहेको देखिएको थियो ।

ह्वेलको बच्चाको गत जुलाई २४ तारिखमा मृत्यु भएको थियो । माइकल मिलिस्टिनका अनुसार अर्को एक ह्वेलको बिरामी बच्चा पनि देखिएको छ । उक्त समूहले त्यसको खोजीमा जुटेको बताएको छ । ह्वेलको बिरामी बच्चा आफ्नो आमासँग बुधबार पौडी खेलिरहेको देखिएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.