×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026

सरकार र गठबन्धन निर्वाचन हुन नदिने षडयन्त्रमा लागेः ओली

२६ पौष, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन हुन नदिने षडयन्त्र गरिरहेको आरोप लगाएका छन् ।

अध्यक्ष ओलीले आगामी फागुन महिनाभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गराउनुपर्ने सरकार स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षडयन्त्रमा लागिरहेको बताएका हुन् ।

Advertisement
Advertisement

सोमबार संखुवासभाको खाँदबारीमा आयोजित पार्टीको आठौं जिल्ला अधिवेशनमा बोल्दै उनले सरकार निर्वाचनबाट डराईरहेको र लुटमारमा लागि परेको दावी समेत गरे ।

स्थानीय तहलाई जनप्रतिनिधीविहीन बनाउने षड्यन्त्र

अध्यक्ष ओलीले २०५९ सालमा स्थानीय तहको निर्वाचन नहुँदा स्थानीय तह पंगु भएको र अहिलेको सरकारले पनि स्थानीय तहलाई जनप्रतिनिधिबिहीन बनाएर त्यस्तै हालतमा पु¥याउने खोजको तर्क गरे ।

उनले ‘समृद्ध नेपाल ः सुःखी नेपाली’ को राष्ट्रिय संकल्पलाई पूरा गर्न आगामी निर्वाचनमा एमालेलाई साथ दिन पनि सबैलाई अपिल गरे । अध्यक्ष ओलीले भने , ‘प्रतिक्रियावादीहरु चुनावमा जान डराईरहेका छन । म तपाईहरुलाई जानकारी गराउन चाहन्छु–स्थानीय तहको निर्वाचन फागुनमा गराउनुपर्ने हो । स्थानीय निर्वाचन सम्बन्धि ऐनमा के व्यवस्था छ फागुनमा निर्वाचन गर्ने कुनै सम्भावना छैन । किनभने यो सरकार लुटमारमा लागेको छ अहिले । चुनावतिर होईन । यस सरकारले स्थानीय तहहरुलाई प्रतिनिधिविहीन बनाउने, कर्मचारीमार्फत् चलाउने, त्यो षडयन्त्र गर्दैछ, जुन ५९ सालमा पनि गरेको थियो । ५९ सालमा चुनाव गराइएन । चुनाव नगराएर जनप्रतिनिधिको म्याद थपिएन । कर्मचारीलाई जिम्मा लगाइयो । जसले गर्दा स्थानीय तहहरु जनप्रतिनिधिविहीन र पंगु भए । त्यसपछि बल्ल ७४ सालमा हामीले चुनाव गरेर ५४ सालपछि २० वर्षमा स्थानीय तहको चुनाव भयो र स्थानीय जनप्रतिनिधिमार्फत् हामीले हाँक्ने मौका पायौं । किनभने हाम्रो हातमा सरकारमा जाने मौका मिलेन । जव हाम्रो हातमा प¥यो । अघि नै हाम्रा उपाध्यक्ष, पूर्वउपप्रधानमन्त्री अर्थमन्त्रीजीले भनिसक्नु भो । हाम्रो हातमा पर्दा हामीले कसरी गरेका छौं । हाम्रो हातमा पर्दा हामीले संविधान बनाउन सक्दो भूमिका खेल्यौं । म त्यसमा दोहो¥याएर जान चाहन्न । यहाँहरुलाई थाहा छ । हामीसँग समय थोरै छ । देश बनाउनका लागि, देश विग्रन नदिनका लागि, देशलाई स्वाभिमानपूर्वक उभिन सक्ने बनाउनका लागि, देशको अर्थतन्त्र अगाडि बढाउनका लागि, देशबाट गरिवी हटाउनका लागि, पछौटेपन हटाउनका लागि अर्थात् संक्षिप्तमा भन्ने हो भने सुशासन र विकासको बाटोमा समृद्धछ नेपालः सुःखी नेपाली बनाउनका लागि नेकपा एमालेलाई संखुवाबासी भाजुभाई दिदीबहिनीहरुले साथ दिँदै आउनु भएको छ । अव हिजो भन्दा बढि जोडदार ढंगले नेकपा एमालेलाई साथ दिनुहोस । म यहाँहरुलाई अनुरोध गर्न चाहन्छु किनभने जनताको साथबाट मात्रै देश बनाउन सकिन्छ । म यहाँहरुलाई आग्रह गर्न चाहन्छु ।’

नेकपा एस नक्कली वामपन्थी हो

अध्यक्ष ओलीले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई नक्कली बामपन्थीको संज्ञा दिँदै त्यहाँ गएका पार्टीका नेता, कार्यकर्ताहरुलाई एमालेमा फर्कन पनि आह्वान गरे ।

दक्षिणपन्थीहरुको सेवामा समर्पित सो पार्टीमा गएकाहरुलाई नअल्मलिईकन एमालेमा आउनुपर्ने उनको भनाई थियो । अध्यक्ष ओलीले एमालेमात्रै मुलुकको परिवर्तन चाहने बामपन्थी पार्टी भएको पनि दोहो¥याए ।

उनले भने, ‘अन्य पार्टीमा अझै पनि साथीहरु अलमलिई रहनु भएको छ । ती साथीहरुलाई र खास गरेर बामपन्थी खोल ओडेर, कम्युनिष्टको खोल ओडेर, प्रतिक्रियावादी काम गर्ने, दक्षिणपन्थीहरुको सेवा समर्पित हुने, कम्युनिष्ट पार्टी फुटाउने, कम्युनिष्ट सरकार ढाल्ने र आफूलाई लगेर प्रतिक्रियावादी खेमामा समाहित गर्ने नक्कली बामपन्थी, आडम्बरी बामपन्थी, बामपन्थीको खोल ओडेका त्यस्ता तत्वहरु र तीनका पार्टीहरुमा अव नअल्मलिनका लागि म दाजुभाई दिदीबहिनीहरुलाई म आग्रह गर्न चाहन्छु । साथीहरुलाई आग्रह गर्नु चाहन्छु । बामपन्थी खोल ओडेका पार्टीमा साथीहरु नअलमलिनुस् । नेकपा एमालेका आउनुस् । नेकपा एमालेमात्रै बामपन्थी अर्थात परिवर्तन चाहने, देशमा उन्नति, प्रगति चाहने, जनतालाई अधिकार सम्पन्न बनाउने, सामाजिक न्याय र समानता दिने यो पार्टी हो ।’

समृद्धिको अभियानलाई तीव्रता दिएपछि सरकारबाट हटाए

अध्यक्ष ओलीले विकास र समृद्धिको अभियानलाई तीव्रता दिएपछि देशीविदेशी प्रतिक्रियावादीहरुले आफू नेतृत्वको सरकार हटाएको पनि बताए ।

कार्यक्रममा बोल्दै नेकपा (एमाले) का उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलले मुलुकको विकास र समृद्धिको अभियानलाई तीव्रता दिन एमालेलाई आगामी निर्वाचनमा नेपाली जनताले एकल बहुमत दिने दावी गरे । अन्य दलहरुले गठबन्धन गरेर आएपनि आगामी निर्वाचनमा एमालेलाई हराउन नसक्ने उनको दावी थियो ।

उपाध्यक्ष पौडेलले भने, ‘अहिले जुन प्रकारको गठबन्धन सरकार छ । गठबन्धन सरकार कुन हदसम्म नालायक छ । अति अर्कमण्य छ । कति विकास विरोधी छ भन्ने कुरा यहाँहरुले देखि सक्नु भएको छ । त्यस अर्थमा विकासका अभियानहरुलाई अगाडि बढाउनका निमित्त, सामाजिक न्यायको अभियानलाई अगाडि बढाउनका निमित्त, समृद्धितर्फ देशलाई अघि लैजानका निमित्त, सबै प्रकारका विभेद र असमानतालाई अन्त्य गर्नका निम्ति फेरी पनि एमाले नेतृत्वको सरकार अपरिहार्य छ । यस अर्थमा म संखुवासभाका साथीहरुलाई आग्रह गर्न चाहन्छु–तपाईहरुले आउने निर्वाचनमा सबै पालिका विजयी हुनुहोस । प्रतिनिधिसभामा धेरै मत अन्तरले विजयी गराउनुहोस् । हामी जनादेशको आधारमा फेरी कमरेड केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको पदमा पुनस्थापित गर्न चाहन्छौं । र विकास, निर्माण र समृद्धिका रोकिएको अभियानहरुलाई गतिशील ढंगले अघि बढाउन चाहन्छौं । आउने निर्वाचनमा नेकपा एमालेको नसिवमा विजय लेखेको छ । आउने निर्वाचनमा एमाले बहुमत ल्याउनेछ । विकास, निर्माणको कामलाई तीव्रता दिनेछ ।’

कार्यक्रममा कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेर आएका जिल्ला तहका नेताहरुलाई अध्यक्ष ओलीले पार्टीमा स्वागत गरेका थिए ।

Advertisement

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top