×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

लेटाङको विद्यालयको ट्यांकीमा विषादी भेटियो, २२ विद्यार्थी बिरामी

२९ श्रावण २०७५

विराटनगर, साउन २९
मोरङको लेटाङस्थित एक विद्यालयको ट्यांकीमा विषादी हालेको पानी पिउँदा २२ जना विद्यार्थी बिरामी परेका छन् । जाँतेस्थित श्री माध्यमिक विद्यालयमा आज बिहान पानी पिउँदा विद्यार्थीहरू बिरामी भएका हुन् ।

सुरुमा ९ जना विद्यार्थी बिरामी भएकोमा पछिल्लो समय उक्त संख्या २२ पुगेको छ । बिरामीहरूलाई थप उपचारका लागि उर्लाबारीस्थित मंगलबारे अस्पताल लगिएको प्रधानाध्यापक खमराज दुलालले जानकारी दिए ।

Advertisement
Advertisement

साइपिन नामको कीटनाशक विषादीको बट्टा विद्यालयको पानी ट्यांकीमा भेटिएको छ । पानी ट्यांकीमा कसले विषदी हाल्यो भन्नेबारे केही खुलेको छैन । कसले विष हालेको भन्ने विषयमा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक युवराज खतिवडाले जानकारी दिएका छन ।

Advertisement
Advertisement

साइपिन बालीमा लागेका किरा नष्ट गर्न लगाइने विषादी भएकाले यो विषादी खाएमा तत्काल मानिस र पशुको ज्यान जान सक्ने कृषि प्राविधिकले जनाएका छन् । विद्यालयको पानी ट्यांकीमा लेटाङ ८ तेलीखोलाबाट पानी ल्याएर हाल्ने गरिएको जनाइएको छ । विद्यालयमा ४ सय ९१ विद्यार्थी अध्ययनरत छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top