विराटनगर, साउन २९
कार्य्विधिमा पारिवारिक कानुनअन्तर्गत विवाहसम्बन्धी व्यवस्थामा केही हेरफेर भएको छ। अब २० वर्ष नपुगी कुनै पनि युवक,युवतीले विवाह गर्न पाउने छैनन् । २० वर्ष नपुग्दै विवाह भएमा त्यो बदर हुनेछ। कार्य्विधिको दफा ७० मा विवाह हुन सक्ने अवस्थाबारे उल्लेख गरिएको छ ।
दफा ६९ मा विवाह गर्ने स्वतन्त्रता उल्लेख गरिएको छ। विवाहको स्वतन्त्रता सबैलाई भएजस्तै जुनसुकै किसिमबाट भएको भए पनि विवाह सार्वजनिक गर्नुपर्नेछ। विवाहलाई गोप्य राख्न पाइने छैन। सन्तान उत्पादन क्षमता नभए पनि बिहे नहुने स् कार्य्विधिमा विवाह गर्नु नहुने व्यवस्थालाई विभिन्न दफा र उपदफामा समेटेको छ । शरीरमा मानव रोग प्रतिरोधक क्षमता नष्ट गर्ने जीवाणु एचआईभी वा हेपाटाइटिस बी प्रकृतिका रोग लागेमा पनि विवाह गर्न पाइने छैन।
यौनाङ्ग नभएको वा सन्तान उत्पादन गर्ने क्षमता नभएको प्रमाणित भइसकेको भए पनि विवाह गर्न र गराउन पाइने छैन। त्यसैगरी, पूर्ण रुपमा बोल्न वा सुन्न नसक्ने, पूर्ण रुपमा दृष्टिविहीन वा कुष्ठ रोगी भए, होस ठेगानमा नभए, गर्भवती भए र नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुर ठहरी भइ अदालतबाट सजाय पाएको भए पनि विवाह गर्न र गराउने पाइने छैन ।
विवाहपछि महिलाको थर रु कार्य्विधिको दफा ८१ मा विवाहित महिलाको थर प्रयोगसम्बन्धी व्यवस्था गरिएको छ। विवाहित महिलाले विवाहपछि बाबु,आमाले प्रयोग गरेको थर वा निजको पतिको थर जुन पनि प्रयोग गर्न सक्छन् । विवाहित महिलाको थरको सम्बन्धमा प्रश्न उठेमा अन्यथा प्रमाणित भएकोमा बाहेक निजले आफ्नो पतिको थर प्रयोग गरेको मानिनेछ। पतिको थर प्रयोग गरेकी महिलाको सम्बन्ध विच्छेद भएमा निजले चाहेमा बाबु,आमाले प्रयोग गरेको थर प्रयोग गर्न सक्नेछिन् ।