×

NEPAL TIMES UPDATES

Playing
World News: गो*ली*का*ण्डमा २५ जना मा*रि*ए,इबोला अस्पतालमै आग*जनी,विमान ह*त्यामा दोषी || Nepal Times
May 22, 2026
Playing
४० दिनको यु द्धमा Americaका ४२ सैन्य विमान ध्व स्त, अमेरिकाबाटै खुलासा || Nepal Times
May 22, 2026
Playing
एयर इन्डियाको विमानमा आग*लागी, ठूलो दु*र्घट*नाबाट बच्यो|| Nepal Times
May 22, 2026
Playing
विश्वको सर्वाेच्च शिखरमा लेखिएका कीर्तिमानहरु || Nepal Times
May 22, 2026
Playing
नेपालले अमेरिकालाई मैदानमा सात्तो लियो, ३१८ रनको विशाल लक्ष्य || Nepal Times
May 22, 2026
Playing
रास्वपामहासंग्राम, रवि कि बालेन ? अब कसको राज चल्छ ? || Nepal Times
May 22, 2026
Playing
Top 15 Afternoon News || May-22-2026 || Nepal Times
May 22, 2026
Playing
Iranको शक्ति देखेर America आत्तियो, गुप्तचर रिपोर्टले खलबली || Nepal Times
May 22, 2026
Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026

एयर इन्डिया विमानमा इन्जिन अलर्ट, दिल्लीमा सुरक्षित ल्याण्डिङ

८ जेष्ठ २०८३

८ जेठ , काठमाण्डौ ।

भारतको बेंगलुरुबाट दिल्ली उडान गरिरहेको एयर इन्डियाको उडान इन्जिनमा आगलागी भएपछि दिल्ली विमानस्थलमा सुरक्षित अवतरण गरेको छ । विमानमा१६० जना यात्रु र चालक दलका सदस्यहरू रहेका थिए। घटना बिहीबार साँझ भएको हो ।

Advertisement
Advertisement

उडानका क्रममा अन्तिम चरणतर्फ आउँदै गर्दा ककपिटमा रहेका चालक दलले इन्जिनमा आगलागी भएको संकेत प्राप्त गरेका थिए। प्रारम्भिक रूपमा देखिएको त्यही संकेत पछि प्राविधिक रूपमा पनि पुष्टि भएको एयर इन्डियाले जनाएको छ।

स्थिति गम्भीर भएतापनि चालक दलले निकै सावधानीपूर्वक निर्णय लिँदै विमानलाई दिल्ली विमानस्थलतर्फ सुरक्षित रूपमा ल्याउने प्रयास गरेका थिए। अन्ततः विमान सफलतापूर्वक दिल्ली विमानस्थलमा सुरक्षित अवतरण गर्न सफल भएको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

अवतरणपछि आपतकालीन टोलीहरू सतर्क अवस्थामा परिचालन गरिए थियो भने सबै यात्रु र चालक दलका सदस्यहरू सकुशल रहेक छन् । यात्रुहरूलाई सामान्य प्रक्रियाअनुसार विमानबाट सुरक्षित रूपमा बाहिर निकालिएको थियो। कुनै प्रकारको मानवीय क्षति नभएको पुष्टि गरिएको छ।

एयर इन्डियाले घटनापछि औपचारिक विज्ञप्ति जारी गर्दै घटनाबारे विस्तृत छानबिन सुरु गरिने जानकारी दिएको छ। इन्जिनमा समस्या कसरी आयो भन्ने विषयमा प्राविधिक टोलीले अनुसन्धान गर्ने बताइएको छ।हाल विमानलाई विस्तृत जाँचका लागि ग्राउन्डेड गरिएको छ भने यात्रुहरूलाई आवश्यक सहयोग र व्यवस्थापन गरिएको छ।

एयर इन्डिया र यसको सहायक एयर इन्डिया एक्सप्रेसका विमानमा पछिल्लो समय केही प्राविधिक समस्या, इन्जिन फेलियर वा आकस्मिक अवतरणका घटना भएका छन्, तर “इन्जिनमा आगलागी” जस्ता घटना भने धेरै दुर्लभ मानिन्छ। केही चर्चित÷सम्बन्धित घटनाहरूमा एयर इन्डिया एक्सप्रेस फ्लाइट १३४४ (२०२०) – कोझिकोड दुर्घटना हो ।

दुबईबाट भारत फर्किँदै गरेको विमान भारी वर्षाका कारण रनवेबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको थियो। त्यसैगरी बोइङ ७८७ ड्रीमलाइनर २०१३ मा भएको थियो।एयर इन्डिया सहित धेरै देशका ड्रीमलाइनर विमानहरूमा लिथियम ब्याट्री अत्यधिक तात्ने÷धुवाँ आउने समस्या देखिएको थियो।

Advertisement

त्यसपछि विश्वभर केही समयका लागि यी विमानहरू ग्राउन्ड गरिएको थियो र प्राविधिक जाँच गरिएको थियो। यी बाहेक विभिन्न समयमा इन्जिन फेलियर÷टेक्निकल समस्याहरु भएका छन्। एयर इन्डियाका केही अन्तर्राष्ट्रिय र घरेलु उडानहरूमा उडानकै क्रममा इन्जिनमा समस्या देखिएपछि आकस्मिक अवतरण गरिएको रिपोर्टहरू छन्।तर ती धेरैजसो केसहरूमा समयमै नियन्त्रणमा आएको थियो र ठूलो दुर्घटना भएको थिएन।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top