×

NEPAL TIMES UPDATES

Playing
विश्वकप लिग–२ः भोलि अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल || Nepal Times
May 21, 2026
Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026
Playing
संसदमा आज पनि हर्कले प्लेकार्ड देखाए, बालेनको राजीनामा मागे || Nepal Times
May 21, 2026
Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026
Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026

सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिको हड्ताल रोकियो

७ जेष्ठ २०८३

७ जेठ , काठमाण्डौ ।

दक्षिण कोरियाको प्रमुख प्रविधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्स र त्यहाँको श्रमिक संघबीच बोनस वितरणलाई लिएर सुरु भएको गतिरोध तत्कालका लागि टरेको छ । श्रमिकहरुले घोषणा गरेको हड्ताल तत्कालका लागि स्थगित गरेका छन् । श्रमिक संघले अन्तिम समयमा गरिएको अस्थायी तलब सम्झौतापछि योजनाबद्ध हड्ताल स्थगित गरेको छ।

Advertisement
Advertisement

यसले कृत्रिम बुद्धिमत्ता डाटा सेन्टर निर्माणको तीव्र वृद्धिका बेला विश्वकै सबैभन्दा ठूलो मेमोरी चिप निर्माता कम्पनीमा उत्पादन अवरोध हुने डरलाई अस्थायी रूपमा कम गरेको छ। लगभग ४८,००० कामदार प्रतिनिधित्व गर्ने संघले बिहीबारदेखि सुरु हुने भनिएको आन्दोलन सदस्यहरूले २२ मेदेखि २७ मेसम्म सम्झौतामा मतदान नगरेसम्म स्थगित गरिएको जनाएको छ।

यो विवाद एआई मेमोरी चिपको बढ्दो मागबाट आएको नाफा कसरी बाँड्ने भन्ने विषयमा केन्द्रित छ। मुख्य विवाद मेमोरी चिप विभागका कर्मचारी र अन्य विभागका कर्मचारीबीच बोनस वितरणलाई लिएर हो। सामसुङले मेमोरी चिप बनाउने २७ हजार कर्मचारीलाई बोनस दिने योजना बनाएको थियो ।

जुन अन्य चिप तथा इलेक्ट्रोनिक्स बनाउने कर्मचारीको भन्दा कम्तीमा छ गुणा बढी थियो। संघले भने कम उन्नत चिप बनाउने २३ हजार कर्मचारी, जसले टेस्ला र एनभिडिया जस्ता कम्पनीका लागि काम गर्छन्, उनीहरूलाई पछि पार्न नहुने बताएको थियो। यसले चिप उत्पादनमा अवरोध आउन सक्ने र त्यसले विश्वव्यापी आपूर्ति सञ्जाल तथा दक्षिण कोरियाको निर्यातमुखी अर्थतन्त्रमा ठूलो असर पार्न सक्ने चिन्ता बढाएको थियो।

सामसुङ बिक्रीका आधारमा विश्वकै सबैभन्दा ठूलो मेमोरी चिप निर्माता हो र एआई डाटा सेन्टर, स्मार्टफोन तथा ल्यापटपमा प्रयोग हुने चिपको प्रमुख आपूर्तिकर्ता पनि हो। बीबीसीका अनुशार सामसुङ समूहले दक्षिण कोरियाको कुल आर्थिक उत्पादनको लगभग पाँचौं हिस्सा ओगटेको छ ।

यो विवाद त्यस्तो संवेदनशील समयमा आएको हो, जब एआई चिपको अत्यधिक मागका बीच सामसुङले एसके हाइनिक्स र माइक्रोन टेम्नोलोजी सँग कडा प्रतिस्पर्धाको सामना गरिरहेको छ। जनवरीदेखि मार्चसम्मको त्रैमासिक अवधिमा सामसुङलको सञ्चालन नाफा गत वर्षको तुलनामा करिब ७५०% ले बढेको थियो।

एआई चिपको अत्यधिक मागले मे महिनामा यसको बजार मूल्य १ ट्रिलियन डलरभन्दा माथि पु¥याएको थियो। गत वर्ष प्रतिस्पर्धी एसके हाइनिक्स ले १० वर्ष पुरानो बोनस सीमा हटाएको थियो। यसका कारण त्यहाँको बोनस सामसुङका कर्मचारीले पाउने बोनसभन्दा तीन गुणाभन्दा बढी पुग्यो । त्यसपछि केही सामसुङ कर्मचारी एसके हाइनिक्स तर्फ गएका थिए।

यसपछि सामसुङले मेमोरी चिप विभागका कर्मचारीलाई वार्षिक तलबको ६०७% बराबर बोनस दिने प्रस्ताव गरेको थियो, जुन एसके हाइनिक्स भन्दा पनि बढी थियो। तर अन्य विभागका कर्मचारीले भने केवल ५०% देखि १००% सम्म बोनस पाउने थिए। संघले वार्षिक तलबको ५०% बोनस सीमा हटाउन र वार्षिक सञ्चालन नाफाको १५% बोनस कोषमा राख्न पनि माग गरेको थियो।

सामसुङका अधिकारीहरूले यसअघि हड्तालले बिक्री घट्ने, लगानी बाहिरिने र कर राजस्व कम हुने भएकाले दक्षिण कोरियाको अर्थतन्त्रमा समेत असर पर्न सक्ने चेतावनी दिएका थिए। अस्थायी सम्झौतापछि कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छः “नम्र भावनासहित, यस्ता घटना फेरि नदोहोरियोस् भनेर हामी अझ परिपक्व र रचनात्मक श्रम–व्यवस्थापन सम्बन्ध निर्माण गर्नेछौँ।”

बिहीबार उक्त घोषणापछि सामसुङको शेयर मूल्य ८% भन्दा बढीले बढ्यो भने दक्षिण कोरियाको कोस्पी शेयर सूचकांक पनि ८% भन्दा बढी उकालो लागेको थियो। जेपी र्मोगनका अनुसार यस्तो हड्तालले सामसुङको सञ्चालन नाफामा २१ ट्रिलियन वोनदेखि ३१ ट्रिलियन वोन (लगभग १४ अर्बदेखि २१ अर्ब अमेरिकी डलर) सम्म असर पार्न सक्थ्यो।

तर दक्षिण कोरियाली अदालतले सामसुङ इलेक्ट्रोनिक्सका पक्षमा आदेश जारी गरेपछि ठूलो स्तरको आन्दोलन सीमित हुने सम्भावना देखिएको छ। अदालतले सुरक्षा, उपकरण संरक्षण र उत्पादन गुणस्तर कायम राख्न आवश्यक कर्मचारी संख्या सामान्य स्तरमै रहनुपर्ने आदेश दिएको थियो।

साथै संघ र त्यसका नेताहरूलाई कम्पनीका भवन कब्जा गर्न, तालाबन्दी गर्न वा अन्य कर्मचारीलाई काममा प्रवेश गर्न रोक लगाउन पनि निषेध गरिएको थियो। आदेश उल्लङ्घन गरेमा संघलाई प्रतिदिन ७४ हजार डलर जरिवाना लाग्न सक्ने बताइएको थियो। यो सहमति नभएको भए हड्ताल सन् २०२४ मा भएको हड्तालभन्दा धेरै ठूलो हुने अनुमान गरिएको थियो ।

Advertisement
Advertisement

त्यतिबेला करिब ६ हजार कामदार आन्दोलनमा सहभागी भएका थिए । विवाद समाधानका लागि कोरियाली सरकारले नै मध्यस्थकर्ताको भूमिका खेलेको थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top