×

NEPAL TIMES UPDATES

Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026

संसदमा आज पनि हर्कले प्लेकार्ड देखाए, बालेनको राजीनामा मागे

७ जेष्ठ २०८३

७ जेठ , काठमाण्डौ ।

श्रम संस्कृति पार्टीका सांसद हर्कराज राई (साम्पाङ)ले आज पनि प्रतिनिधिसभा बैठक सुरु हुने वित्तिकै उठेर प्लेकार्ड देखाएर विरोध जनाएका छन् । जेठ ४ गतेदेखिका प्रतिनिधिसभाको बैठकमा उनले निरन्तर आफ्नो स्थानबाट उठेर प्लेकार्ड देखाउँदै आएका छन् । त्यसलाई आजलाई पनि निरन्तरता दिएका हुन् ।

Advertisement
Advertisement

सभामुख डोलप्रसाद अर्यालले उनलाई आज पनि बोल्न समय दिए । सो क्रममा हर्कले प्रधानमन्त्री संसदमा आएर जवाफ दिनु पर्ने अन्यथा राजीनामा दिए मार्ग प्रशस्त गर्नु पर्ने अडान दोहोर्याएका छन् । सांसद राईले संसद् नियमावलीमा सांसदले उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले ७ दिनभित्र दिनुपर्ने भए पनि वैशाख २८ गते राखेका प्रश्नको जवाफ आफूहरूले अझसम्म नपाएको बताए ।

उनले गृह र रक्षा मन्त्रालय प्रधानमन्त्री शाहले राखेकाले आफूहरूले उठाएका लिपुलेकको सीमा र सुरक्षासम्बन्धी प्रश्नका जवाफ प्रधानमन्त्री शाह स्वयं प्रतिनिधि सभामा आएर दिनुपर्ने बताए । जेठ ४ गतेदेखिका प्रतिनिधि सभाको बैठकमा उनले निरन्तर आफ्नो स्थानबाट उठेर प्लेकार्ड देखाउँदै आएका छन् । त्यसलाई आजलाई पनि निरन्तरता दिएका हुन् ।

यसअघि पनि विज्ञप्ती निकालेर साम्पाङले सरकार र प्रधानमन्त्री संसद्प्रति जवाफदेही नभएको भन्दै आपत्ति जनाएका छन् । आज एक प्रेस विज्ञप्ति जारी गर्दै राईले वर्तमान सरकारले संसदीय मर्यादाको उल्लंघन गरेको र जनताको मतद्वारा निर्मित संसद्लाई बेवास्ता गरेको आरोप लगाए ।

विज्ञप्तिमा भनिएको छ, ’प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री र अन्य मन्त्रीहरू संसद्मा उपस्थित नहुनु र उठेका प्रश्नहरूको जवाफ नदिनुले विधि सम्मत संसद् चलिरहेको छैन भन्ने पुष्टि हुन्छ । यो प्रतिनिधि सभा सञ्चालन नियमावली १५(२) को बर्खिलाप हो ।’

सांसद राईले धेरै प्रयासपछि संसद्मा उपस्थित भएका दुई जना मन्त्रीहरूले पनि अत्यन्तै सतही जवाफ दिएको र आफू लगायत श्रम संस्कृति पार्टीका सांसदहरूले थप प्रश्न सोध्न खोज्दा सभामुखले रोकेको भन्दै असन्तुष्टि व्यक्त गरे । ’सदन भनेकै जनताका प्रश्नहरू सोध्ने र जनहितमा नियम कानुन बनाउने ठाउँ हो, तर प्रश्न सोध्न नदिनु आपत्तिजनक छ,’ विज्ञप्तिमा उल्लेख छ ।

आफूले गत बैशाख २८ र २९ गते राखेका कुनै पनि प्रश्नको उत्तर सरकारले नदिएको दाबी गर्दै उनले यस घटनालाई लोकतन्त्र र संसदीय अभ्यासको इतिहासमा कालोधब्बाको संज्ञा दिए । सभामुखको भूमिकाप्रति पनि प्रश्न उठाउँदै राईले भने ’प्रधानमन्त्रीलाई सदनमा ल्याउन नसक्ने सभामुखले प्रतिपक्ष दलका नेतालाई बारम्बार नियम घोकाइरहनु निन्दनीय र हास्यास्पद देखिन्छ । नियम भन्दा नियत ठुलो हुन्छ र त्यो नियत जनता र लोकतन्त्रको पक्षमा हुनुपर्दछ ।’

यसअघि हिजो पनि साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह संसद्प्रति जिम्मेवार र उत्तरदायी नहुञ्जेलसम्म संसद्मा आफ्नो पार्टीको विरोध जारी रहने बताएका थिए । बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष साम्पाङले यस्तो बताएका हुन्।

उनले सरकारको गृहमन्त्री समेत प्रधानमन्त्री स्वयं भएको उल्लेख गर्दै मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ दिनुपर्नेमा जोड दिए । उनले भने, ‘हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ । यदि सरकारको आलोचना गर्दैमा र संसद्प्रति उत्तरदायी बनाउने कुरा आएकै आधारमा निलम्बन गरिन्छ भने पनि हामी रेडी(तयार) छौँ ।’

केही दिनयता प्रतिनिधिसभा बैठकमा हर्क साम्पाङसहित श्रम संस्कृति पार्टीका सांसदहरू पर्चा देखाएरै विरोध प्रदर्शनमा उत्रिने क्रम जारी राखेपछि सभामुख डीपी अर्यालले बुधबार नै २–३ पटक आइन्दा यस्तो व्यवहार नगर्न चेतावनी दिएका थिए । तर, पनि उनीहरुले यो क्रम जारी राखेका हुन् । सभामुख अर्यालले भने हर्क साम्पाङलाई आफ्नो व्यवहार सच्च्याउनू भन्दै प्रतिनिधिसभा नियमावलीको नियम ३० हेर्न सचेत गराएका छन् ।

उक्त नियममा भनिएको छ, ‘बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिन सक्नेछ र चेतावनी पाएपछि त्यस्तो सदस्यले आफ्नो व्यवहारमाथि तुरुन्त नियन्त्रण गर्नु पर्नेछ ।’ नियमावलीको नियम ३१ को (१) नियम ३० बमोजिमको आदेश पालन नगर्ने सदस्यलाई सभामुखले बैठक कक्षबाट बाहिर जान आदेश दिन सक्ने उल्लेख छ ।

नियमावलीमा भनिएको छ, ‘आदेश पाएपछि त्यस्तो सदस्य बैठक कक्षबाट तुरुन्त बाहिर जानु पर्नेछ र निजले सो दिनको बाँकी अवधिको बैठकमा उपस्थित हुन पाउने छैन। (२) उपनियम (१) बमोजिमको आदेश पाएपछि पनि त्यस्तो सदस्य बैठक कक्षबाट तुरुन्त बाहिर नगएमा सभामुखले निजलाई मर्यादापालकको सहयोग लिई बाहिर निकाल्न सक्नेछ ।’

उपनियम (२) बमोजिम बैठकबाट निष्कासित सदस्यले त्यसपछिको तीन दिनसम्म सभा वा कुनै समितिको बैठकमा भाग लिन नपाउने उल्लेख छ । सभामुखले यस्तो चेतावनी दिइरहेपनि हर्क र श्रम संस्कृतिका सांसदहरुले विरोध गर्न छाडेका छैनन् । यस्तै अन्य दलहरुले पनि प्रधानमन्त्रीसहित सभामुखकै विरोध गरिरहेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद निस्कल राईले आज पनि सभामुख डीपी अर्यालको भूमिकामाथि प्रश्न गरेका छन् । उनले प्रतिपक्षी दलले सरकारलाई जबाफदेही बनाउन खोजे पनि सभामुखको भूमिका निष्पक्ष नभएको आशयसहितको अभिव्यक्ति दिएका छन् । ‘पछिल्लो केही बैठकदेखि प्रतिपक्षी दलले सरकारलाई जबाफदेही बनाउन खोजिरहेको छ । तर, यसमा सभामुखको साथ मिलेन’, उनले संसदमा भने ।

Advertisement
Advertisement

केही बैठकदेखि श्रम संस्कृति पार्टीले सरकार खोज्दै प्लेकार्ड देखाए पनि सभामुखले त्यसलाई अमर्यादित भनेको भन्दै उनले आपत्ति जनाए । विगतमा रास्वपाले निलो स्कार्फ बाँधेर आएको स्मरण गर्दै उनले सभामुखलाई प्रश्न गरे, ‘आफैँले गरेको त्यो कदम संसदीय र मर्यादित अनि अहिले प्रतिपक्षीको प्लेकार्ड कसरी अमर्यादित ?’ उनले विगतको र अहिलेको दुवै कार्य अमर्यादित भएको भन्दै सभाको मर्यादा सभामुखले राख्नुपर्ने बताए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top