×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || May-20-2026 || Nepal Times
May 20, 2026
Playing
नेपाल कालोसूचीमा पर्न लागेको हो? एपिजीको समूहले के भन्यो ? || Nepal Times
May 20, 2026
Playing
मधेशदेखि सुदूरपश्चिमसम्मः सत्ता फेरबदलको नयाँ अध्याय सुरु || Nepal Times
May 20, 2026
Playing
हर्कले पर्चा देखाएपछि सभामुख रिसाए, दिए कारबाहीको चेताव*नी|| Nepal Times
May 20, 2026
Playing
कतै वर्षा, कतै ४१ डिग्रीको गर्मी, ठाउँ–ठाउँमा सडक अवरुद्ध || Nepal Times
May 20, 2026
Playing
नेपालमा बर्ड*फ्लुको जो*खिम, म*रेका कागमा संक्र*मण, उच्च सतर्कता अपनाउनु || Nepal Times
May 20, 2026
Playing
भारतले नेपाललाई दुःख दिन थाल्यो,नेपाली चिया रोक्यो,व्यापारिक कि कुटनीतिक ? || Nepal Times
May 20, 2026
Playing
Xi–Putin वार्तामा के भयो ? विश्वको ध्यान केन्द्रित || Nepal Times
May 20, 2026
Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026

अन्ततः भारतले खोल्यो नेपाली चिया माथिको अवरोध

६ जेष्ठ २०८३

६ जेठ,काठमाण्डौ।

भारतको टी बोर्ड इण्डियाले आयातित चियाको परीक्षणसम्बन्धी मापदण्डमा संशोधन गर्दै नयाँ निर्देशन जारी गरेको छ । यो नयाँ निर्देशन सँगै भारततर्फ निर्यातमा भएको अवरोध तत्कालको लागि हटेको छ । भारतले मे १ तारिखदेखि लागु हुने गरी चियाको निर्यातमा नयाँ व्यवस्था गरेको थियो ।

Advertisement
Advertisement

यसले गर्दा पछिल्लो १ तारिखदेखि आजसम्म गरी २० दिनमा भारततर्फ नेपालबाट चिया निर्यात भएको थिएन् । भारत सरकारको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गत रहेको बोर्डले २०२६ मे १९ मा ‘कोरिजेन्डम दोश्रो’ जारी गर्दै चिया आयातसम्बन्धी परीक्षण प्रक्रियाको बिषयमा नयाँ निर्देशन जारी गरेको छ ।

बोर्डले यसअघि २०२६ फेब्रुअरी १० मा जारी गरेको निर्देशिका तथा अप्रिल २ को संशोधनअनुसार १ मे २०२६ देखि सबै आयातित चियाको अनिवार्य परीक्षण सुरु गरिएको जनाएको छ । जारी संशोधनअनुसार पुनःनिर्यातका लागि आयात गरिने सबै चियाको गुणस्तर सुनिश्चित गर्न टी बोर्ड इण्डियामार्फत अनिवार्य परीक्षण गरिने व्यवस्था गरेको छ ।

यस्तो परीक्षण फेब्रुअरी १० मा जारी गरिएको ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर (एसओपी)’ अनुसार हुने उल्लेख छ । यस्तै नयाँ व्यवस्थाको दोश्रो क्लजअनुसार, भारतभित्र आन्तरिक बिक्रीका लागि मात्रै आयात गरिने चियाको हकमा भने भन्सार र एफएसएसएआईले आफ्नो जोखिम व्यवस्थापन प्रणालीअनुसार नमुना संकलन गरी परीक्षण प्रक्रिया निरन्तर गर्ने निर्णय गरिएको छ ।

तेश्रो क्लाउजअनुसार बोर्डले आन्तरिक बिक्रीका लागि आयात गरिएका चियाको परीक्षण हालका लागि टी बोर्ड इण्डियाले नगर्ने पनि स्पष्ट पारेको छ । यससम्बन्धी औपचारिक निर्देशन वा स्पष्टिकरण एफएसएसएआईबाट जारी नभएसम्म उक्त व्यवस्था लागू रहने जनाइएको छ ।

नेपाल चिया एशोएिसनका अध्यक्ष कमल मैनालीका अनुसार बोर्डले मंगलबार गरेको ‘कोरिजेन्डम दोश्रो’ व्यवस्थाअनुसार क्लाउज दुई र तेश्रोअनुसार नेपालबाट भारततर्फ भइरहेको चियाको निर्यात प्रक्रिया सहज भएको छ । ‘क्लाउज दोश्रो र तेश्रोअनुसार अब नेपाली चियालाई भारतीय बजारमा निर्यात गर्न कुनै अवरोध सिर्जना नहुने भएको छ, अब दोश्रो र तेश्रो क्लाउजअनुसार सहज रुपमा भारतमा निर्यात हुनेछ,’ मैनालीले भने ।

त्यसैगरी एसओपीको बुँदा नम्बर ११ पनि संशोधन गरिएको छ । अब सम्बन्धित प्रयोगशालाले नमुना प्राप्त भएको मितिले पाँच दिनभित्र परीक्षण प्रतिवेदन अपलोड गर्नुपर्ने व्यवस्था गरिएको छ । यो निर्णय एफएसएसएआई, भन्सार विभाग, टी बोर्ड इण्डिया तथा भारतको वाणिज्य विभागबीच २०२६ मे १२ मा भएको संयुक्त बैठकपछि लागू गरिएको बोर्डले जनाएको छ ।

भारतले मे १ तारिखदेखि भारतीय चिया बोर्डले नेपालबाट भारततर्फ हुँदै आएको चियाको निर्यातको हकमा नयाँ व्यवस्था गरेको थियो । उक्त व्यवस्थाका कारण पछिल्लो २० दिनमा ३ ट्रकमा भएको चियाको नमूना परीक्षणको लागि भारत पठाइए पनि झन्डै ३ सातासम्म परीक्षण प्रतिवेदन नआउँदा चिया निर्यात प्रक्रिया ठप्प थियो ।

भारतले जारी गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) अनुसार अनिवार्य प्रयोगशाला परीक्षणको प्रतिवेदनको व्यवस्था गरेको थियो । यसअघि नेपाली चियाको नमुना संकलन आकस्मिक वा आंशिक रूपमा मात्र गरिन्थ्यो । तर १ तारिखदेखि भारत प्रवेश गर्ने हरेक ट्रक र हरेक कन्साइनमेन्टको अनिवार्य रूपमा प्रयोगशाला परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको थियो ।

नयाँ व्यवस्थाअनुसार भारतीय आयातकर्ताहरूले चिया भारत आइपुग्नुभन्दा अगावै ‘टि काउन्सिल’ को पोर्टलमा चिया आउने मिति, गोदामको स्थान, कन्टेनरको विवरण र प्रोफोर्मा इनभ्वाइससहितको विस्तृत विवरण बुझाउनु पर्ने व्यवस्था गरिएको थियो । त्यसपछि मात्र उनीहरूले ‘प्रोभिजनल क्लियरेन्स सर्टिफिकेट’ प्रदान गर्ने व्यवस्था गरिएको थियो ।

चिया नाकामा आइपुगेको २४ घण्टाभित्र भारतीय चिया बोर्डका अधिकारीहरूले ५००–५०० ग्रामका दुईवटा नमुना संकलन गर्ने र प्रति नमुना परीक्षणको लागि ११ हजार १ सय २० भारतीय रुपैयाँ (करिब १७,८०० नेपाली रुपैयाँ) र त्यसमा थप जीएसटी दस्तुर तिर्नुपर्ने व्यवस्था गरिएको थियो । यसले निकासीको लागत खर्चसमेत निकै बढाएको थियो ।

प्रयोगशालाको रिपोर्ट नआउन्जेल (१४ देखि २० दिनसम्म लाग्न सक्छ) चियालाई तोकिएको छुट्टै गोदाममा राख्नुपर्ने र उक्त अवधिभर न त त्यो चिया बेच्न नपाइने न त पुनः निर्यात नै गर्न पाइने भारतले व्यवस्था गरेको थियो । प्रयोगशाला परीक्षणमा चियाको गुणस्तर फेल भएमा आयातकर्ताले थप १५ हजार भारतीय रुपैयाँ तिरेर अर्को प्रयोगशालामा पुनः परीक्षण गराउन पाउने व्यवस्था गरिएको थियो ।

दोस्रो पटक पनि गुणस्तर परीक्षणमा फेल भएमा उक्त चिया कि त नष्ट गर्नुपर्नेछ वा सम्बन्धित देश (नेपाल) मै फिर्ता पठाउनुपर्ने व्यवस्था गरिएको थियो । पुनः निर्यातको हकमा पनि नयाँ व्यवस्था गरिएको छ । नेपालबाट ल्याएर भारतले तेस्रो देशमा पठाउने चियाको हकमा ६ महिनाभित्र पठाइसक्नुपर्ने र त्यसमा कम्तीमा ५० प्रतिशत ‘भ्याल्यू एडिसन’ (मूल्य अभिवृद्धि) हुनुपर्ने नियम पनि लगाइएको थियो ।

चिया निर्यात रोकिएपछि नेपालका चिया उद्यमी तथा भारतस्थित नेपाली दूतावासले निरन्तर दबाब दिएका थिए । नेपाल चिया उत्पादक संघका उपाध्यक्ष तथा चिया निर्यातकर्ता शिवकुमार गुप्ताका अनुसार नेपाली दूतावासले भारतीय वाणिज्य मन्त्रालयसँग समन्वय गरेको थियो ।

‘भारत सरकार र त्यहाँको चिया बोर्डले नेपालबाट कस्तो समस्या भइरहेको छ भनेर सोधखोज गरेको थियो । हामीले समस्याका बारेमा जानकारी गराएको थियौँ,’ उनले भने । त्यसपछि भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण, भन्सार र चिया बोर्डको संयुक्त बैठक बसेको थियो । उक्त बैठकले अनिवार्य परीक्षणको नियम खुकुलो पार्ने निर्णय गरेको गुप्ताले बताए ।

भारतले गरेको चियामाथिको अनावश्यक अवरोधलाई कुटनीतिका जानकारहरुले व्यवसायिक भन्दा पनि दुई देशबीचको पछिल्लो कुटनैतिक असमझदारीका रुपमा समेत ब्याख्या गरेका थिए । यता १९ दिनसम्म चिया निर्यात रोकिँदा नेपाली चिया क्षेत्रमा ठुलो चिन्ता छाएको थियो ।

यद्यपि, मे महिना चियाको मुख्य सिजन भर्खर सुरु हुँदै गरेको अवस्था भएकाले भन्सारमा धेरै गाडीहरू भने थुप्रिएका थिएनन् । उपाध्यक्ष शिवकुमार गुप्ताले भने, ‘हामीले माल नै लोड गरेका थिएनौँ, किनकि बोर्डको रिपोर्ट नआएसम्म गाडी अगाडि बढ्न पाउँदैनथ्यो । तर फ्याक्ट्रीहरूमा लाखौँ किलो तयारी चिया थुप्रिएको थियो । यदि अझै केही दिन ढिला भएको भए चियाको गुणस्तर बिग्रने र किसानको भुक्तानीमा ठुलो समस्या आउने निश्चित थियो ।’

नेपालबाट वार्षिक करिब ५ देखि ६ अर्ब रुपैयाँ बराबरको चिया भारत निर्यात हुने गरेको छ । जसमा झापाको सीटीसी चिया र इलामको अर्थोडक्स चियाको हिस्सा ठुलो छ । भारतले परीक्षणको नियममा लचकता अपनाएसँगै अब बुधबारदेखि नै नाकाबाट चिया निर्यात सुचारु हुने व्यवसायीहरूको विश्वास छ ।

Advertisement
Advertisement

यो निर्णयले नेपालका करिब ३० हजार चिया किसान र दर्जनौँ चिया उद्योगीहरूलाई राहत मिलेको छ । यद्यपि नेपाली चियाको दीर्घकालीन बजार सुनिश्चित गर्न सरकारले भारतसँग छुट्टै गुणस्तर प्रमाणीकरण सम्झौता गर्नुपर्ने माग व्यवसायीहरूको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top