हर्क साम्पाङलाई आफ्नै कार्यकर्ताबाट गम्भीर आरोप

१८ साउन ८३, मंगलबार

१९ साउन , काठमाण्डौ ।

Advertisement

श्रम संस्कृति पार्टीको क्विक रेस्पोन्स टिम (क्यूआरटी) का संयोजक ज्ञानु चाम्लिङले पार्टी स्वेच्छाचारी ढंगले सञ्चालन भइरहेको आरोप लगाउँदै ‘भण्डाफोर अभियान’ सञ्चालन गर्ने घोषणा गरेका छन्।

सोमबार विज्ञप्ति जारी गर्दै उनले पार्टीभित्र विभिन्न विसंगति रहेको उल्लेख गरेका छन्। साथै, पार्टी नेतृत्वले विधानविपरीत संगठन सञ्चालन गरेको दाबी गर्दै शुद्धीकरण अभियान अघि बढाइने बताएका छन्।

Advertisement

चाम्लिङले हस्ताक्षर गरी सार्वजनिक गरेको विज्ञप्तिमा ३४ जना सदस्यको नाम समावेश छ। पार्टीको जनसंगठनअन्तर्गत सुरुदेखि नै जिम्मेवारी सम्हाल्दै आएको उक्त संगठनलाई सोमबार पार्टी अध्यक्ष हर्कराज साम्पाङले फेसबुकमार्फत विघटन भएको घोषणा गरेका थिए।

यति मात्र होइन, अध्यक्ष साम्पाङले नयाँ सुरक्षा विभाग गठन गर्ने घोषणा गरेपछि पार्टीभित्रको युवा पंक्ति नेतृत्वप्रति असन्तुष्ट बनेको छ।

Advertisement

अध्यक्ष साम्पाङले संगठन सञ्चालनमा एकलौटी निर्णय लादेको, अलोकतान्त्रिक चरित्र प्रदर्शन गरेको तथा विधानविपरीत पार्टी सञ्चालन गरेको आरोप लगाउँदै स्थापनाकालदेखि क्यूआरटीमा जिम्मेवारी सम्हाल्दै आएका सदस्यहरूले नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top