×

NEPAL TIMES UPDATES

Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026

बाजुरा–हुम्ला सीमा विवाद के हो ? जनप्रतिनिधि किन कुटिए ?

७ जेष्ठ २०८३

७ जेठ , काठमाण्डौ ।

साइपाल हिमालको आधार शिविर (रानीसैन) क्षेत्रको सीमा विवादका कारण बाजुरा र हुम्लाका स्थानीयबिच हिंसात्मक झडप भएको छ । बाजुराको हिमाली गाउँपालिकाको टोलीमाथि हुम्लाको खार्पुनाथ गाउँपालिकाका स्थानीयले साङ्घातिक आक्रमण गर्दा ६ जना घाइते भएका छन् ।

Advertisement
Advertisement

घाइतेमध्ये गम्भीर अवस्थाका चार जनालाई सिम्रिक एयरको हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि नेपालगञ्ज लगिएको छ । यस्तै, आक्रमणबाट हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा र प्रहरी सहायक हवल्दार महेश धामी पनि सामान्य घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) इकवाल हवारिसका अनुसार घाइतेहरूको हिमाली–३ फुलिङबाट उद्धार गरिएको हो र उनीहरूको अवस्था हाल खतरामुक्त रहेको छ । हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लको नेतृत्वमा जनप्रतिनिधि, कर्मचारी र स्थानीय गरी ३६ जनाको टोली रानीसैन क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि छलफल गर्न त्यसतर्फ जाँदै थियो ।

मंगलबार बिहान साढे १० बजेतिर लाम्पाटा पुग्दा खार्पुनाथको थालीगाउँ, पालिगाउँ र रायगाउँबाट आएका करिब १५० जनाको समूहले आफूहरूमाथि आक्रमण गरेको मल्लले बताएका छन् । टोलीमाथि ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको र सुरक्षाकर्मीले आफूलाई जोगाएको अध्यक्ष मल्लले बताए ।

आक्रमणकारीले केही सदस्यको मोबाइलसमेत खोसेर लगेका छन् । अभियानअन्तर्गत पर्यटन प्रवद्र्धनका लागि साइपाल हिमालतर्फ जाँदै गरेको धनगढी उपमहानगरपालिकाको टोलीलाई पनि खार्पुनाथका स्थानीयले लाम्पाटाबाटै लेखेटेर फर्काइदिएका हुन् । धनगढीका नगर प्रमुख गोपाल हमालको नेतृत्वमा रहेको ३० जनाको टोलीलाई स्थानीय युवाहरूले चुची खोलासम्मै लखेटेर आक्रमणको प्रयास गरेका थिए ।

नगर प्रहरी र सुरक्षाकर्मीले मेयर हमाल र गाउँपालिका अध्यक्ष मल्ललाई जोगाउन सफल भए पनि स्थानीयले आवागमन अवरुद्ध गर्न खोलाको काठेपुल समेत आधा भत्काइदिएका छन् । लामो समयदेखि सीमा विवाद रहेको रानीसैन र लाम्पाटा क्षेत्रमा बाजुरा प्रशासनले प्रहरी चौकी निर्माण सुरु गरेपछि विवादले उग्र रुप लिएको हो ।

सुदूरपश्चिम प्रदेश सरकारको ४० लाख बजेटमा निर्माण हुन लागेको उक्त चौकीको जग हाल्ने काम सुरु भएदेखि नै हुम्लाका स्थानीयले विरोध गर्दै आएका थिए । आक्रमणकारीले हुम्लाको जमिनमा भवन बनाउन लागेको दाबी गर्दै निर्माण सामग्री फालिदिनुका साथै भवनका लागि जग्गा दिने वडा सदस्य पेमाको परिवारलाई तीन दिनदेखि बन्धक बनाएर कुटपिट गरेको पीडितको भनाइ छ ।

लाम्पाटाङ र गुम्बा गाउँ बाजुराको सबैभन्दा विकट बस्ती हुन् । भौगोलिक विकटताका कारण त्यहाँ फोन सेवासमेत उपलब्ध छैन, जसले गर्दा घटनाको जानकारी ढिलो गरी प्राप्त भएको थियो । उता बाजुरा जिल्ला प्रशासनले त्यहाँका एक जना जनप्रतिनिधि र थप पाँच जना स्थानीय निर्घात कुटपिटमा परेको थाहा नपाएको पुष्टि भएको छ।

जेठ ३ गते हुम्लाको खार्पुनाथ गाउँपालिका–२ का करिब तीन सय जना आएर हिमाली गाउँपालिका वडा नम्बर–३ का वडा अध्यक्ष लगायतलाई कुटपिट गरेका थिए। कुटपिटको घटनाबारे अहिले पनि जिल्ला प्रहरी कार्यालय बाजुरा तथा जिल्ला प्रशासन कार्यालय बाजुराले सत्यतथ्य विवरण सार्वजनिक नगरेको आरोप छ ।

प्रहरी र जिल्ला प्रशासनले हिमाली गाउँपालिकामा घटेको गम्भीर घटनालाई सामान्य रुपमा लिएको आरोप लागेको छ। तीन दिनपछि मात्रै घाइतेहरूको उद्दार हुनु तथा धनगढीबाट साइपाल बेसक्याम्प जान लागेको टोलीलाई सुरक्षाको विषयमा कुनै पूर्व जानकारी नदिएको पाइएको छ।

स्थानीय प्रशासनसँग गर्नुपर्ने समन्वय गरेर गएको धनगढीको टोलीलाई बाजुरा प्रशासनले सुरक्षा चुनौतिबारे कुनै पूर्व सूचना नदिएका कारण आफूहरू झण्डै ठुलो दुर्घटनामा परेको भन्दै धनगढीका मेयर हमालले गुनासो पोखेका छन्। प्रहरी र प्रशासन मंगलबार भएको घटनाबारे समेत गलत सूचना प्रवाह गरेको उनले बताए।

धनगढी उपमहानगरपालिकाको टोलीले बाजुरा जिल्ला प्रशासन कार्यालयलाई जेठ २९ गते नै रानीसैन भ्रमणको सम्पूर्ण विवरण मेल गरेको नगर प्रमुख हमालले जानकारी दिए। उनका अनुसार टोलीमा सहभागी सबैको नाम, ठेगाना, सम्पर्क नम्बर र भ्रमण टोलीले खाना खाने र बस्ने ठाउँको समेत विवरण उपलब्ध गराएको थियो।

तर स्थानीय प्रशासनले कुनै चासो नदिँदा साइपाल बेसक्याम्पका लागि गएको धनगढीको टोली हुम्लाका सयौं जनाको हातबाट कुटपिट हुनबाट भागेर ज्यान जोगाउनु परेको मेयर हमालले बताए। उनले जेठ ३ गतेदेखि नै झडप तथा कुटपिट भएको विषयमा जिल्ला प्रशासन कार्यालय बाजुराले सुरक्षा एडभाइजरी जारी नगर्दा धनगढीको टोली दुर्घटनामा पर्नबाट बल्लतल्ल बाँचेको टिप्पणी गरेका छन्।

सुदूरपश्चिमको ९ जिल्ला मध्ये बाजुरा जिल्लाको कुल क्षेत्रफल दुई हजार १८८ वर्ग किलोमिटर छ। जसमध्ये जिल्लाको उत्तर–पूर्वी दिशामा अवस्थित हिमाली गाउँपालिकाको क्षेत्रफल ८३० दशमलव ३४ वर्ग किलोमिटर छ।हिमाली गाउँपालिकामा सात वडा छन्। वडा नम्बर ३ को क्षेत्र हुम्ला जिल्लासँग जोडिएको छ।

हिमाली गाउँपालिका वडा नम्बर ३ को लाम्पाटा–च्याचौर क्षेत्रमा सुदूरपश्चिम प्रदेश सरकारले अस्थायी प्रहरी चौकी निर्माण गर्न ४० लाख बजेट विनियोजन गरेको छ। हिमाली गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य पेमा गारा गुरुङले लाम्पाटामा प्रहरी चौकी निर्माण गर्न जग्गा उपलब्ध गराएका छन्।

स्थानीयले उपभोक्ता समिति गठन गरेर चौकी निर्माणको कामसमेत अगाडि बढाएको पालिका अध्यक्ष गोविन्दबहादुर मल्लले बताएका छन् । लाम्पाटामा प्रहरी चौकी निर्माण हुने भएपछि हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थली र सर्केगाड गाउँपालिका–३ का बिरोधमा उत्रिएका हुन्।

उनीहरूले लम्पाटाभन्दा माथिको च्याचौर, सानोताल, रानी खर्क र रानीसैन क्षेत्र हुम्ला जिल्लामा पर्ने भन्दै विगतदेखि नै विवाद झिक्दै आएका थिए। नापी कार्यालय बाजुराले उपलब्ध गराएको विवरणअनुसार साइपाल बेसक्याम्प क्षेत्रमा पर्ने रानीसैन बाजुराको हिमाली गाउँपालिका वडा नम्बर ३ मा पर्छ।

तर उक्त क्षेत्रमा जनसंख्या कम भएको फाइदा हुम्लाको खार्पुनाथ–२ र सर्केगाड–३ का स्थानीयले उठाउँदै आएको स्थानीयले बताएका छन् । उनका अनुसार रानीसैन क्षेत्रमा एकाधिकार जमाउँदै यार्सागुम्बा र हिमाली जडिबुटीको दोहन गर्दै आएका हुम्लीले प्रहरी चौकी स्थापना हुने भएपछि बिरोध गर्न थालेको स्थानीयको भनाइ छ।

वडा सदस्यसहित अन्य स्थानीयलाई कुटपिट गरेका उनीहरूले धनगढीका मेयर गोपाल हमाल नेतृत्वको टोलीलाई बन्दी बनाउने योजना बनाएको खुलेको छ। जसका लागि उनीहरू जेठ ३ गतेदेखि नै लम्पाटा क्षेत्रमा तैनाथ भएका थिए। बाजुराको वस्तुस्थिति बारे जानकारहरूले जडिबुटीमा कायम एकाधिकार समाप्त हुने अवस्था आएकाले हुम्लाको खार्पुनाथ–२ थलीका स्थानीय आक्रमणमा उत्रिएको बताएका छन्।

Advertisement
Advertisement

लाम्पाटा– रानीसैन हुम्लामा पर्ने भन्दै सुदूरपश्चिमका पर्यटकहरूलाई उक्त क्षेत्रमा प्रवेश निषेधको उर्दी जारी गरिएको छ। जसका कारण धनगढीका मेयर हमालको टोलीले समेत भागेर ज्यान जोगाउनु परेको छ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top