पीएम कप टि-२०को फाइनल खेल जारी; पुलिसलाई एपिएफको मध्यम लक्ष्य

५ माघ, काठमाडौँ । तल्लोक्रमका ब्याटर अमरसिंह राउटेलाको राम्रो अन्त्यमा नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप टि-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता फाइनलमा नेपाल पुलिस क्लबलाई १ सय ५८ रनको मध्यम लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफ १९.५ ओभरमा १ सय ५७ रनमा अल आउट भयो । एपिएपफका अमरसिंह राउटेलाले तल्लोक्रममा १५ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक २९ रन बनाए । लोकेश बमले १५ बलमा १ चौका र ३ छक्कासहित २७ रन जोडे ।

तीव्र गतिका बलर गुलशन झाको दोस्रो ओभरको दोस्रो बलमा ओपनर आसिफ शेख एज लागेर विकेटकिपर दीलिप नाथबाट ९ रनमा क्याच आउट भए । स्पिनर सागर ढकालले अन्तिम बलमा प्रदीप ऐरी ७ रनमा बोल्ड आउट गर्दा एपिएफ ४३–२ को अवस्थामा थियो ।

दीपेन्द्र सिंह ऐरीको पाँचौं ओभरको पहिलो बलमा ठूलो सट खेलेका लोकेश बम लङअनमा अनिल शाहबाट २७ रनमा क्याच आउट भए । सागरको चौथो ओभरको चौथो बलमा लोकेशले ब्यक्तिगत २६ रनमा जीवनदान पाएका थिए ।

डिप विकेटमा गुलशन झा ले सहज क्याच ड्रप गरेका थिए । सागरको छैटौं ओभरको अन्तिम बलमा दीपक बोहरा स्लिपमा ६ रनमा आरिफ शेखबाट क्याच भएपछि एपिएफले खराब सुरुवात गरेको थियो ।

दीपेन्द्रको बलमा पुरन विक शून्यमा आरिफ शेखबाट क्याच भएपछि ६.२ ओभरमा एपिएफ ६२–५ को अवस्थामा पुगेको थियो ।

कप्तान शरद भेषावकरले २५ बलमा १ चौकासहित १९ रनमा आउट भए । १०४–७ को अवस्थामा पुगेको एपिएफलाई भुवन कार्की र अमरले ४२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । भुवन २२ बलमा १ चौकासहित १७ रनमा क्याच आउट भए । किशोर महतोले ८ र अभिनाश बोहराले १ रन बनाए ।

पुलिसका दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । स्पिनर सागर ढकालले ३.५ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । गुलशन झाले २, आरिफ शेख र योगेन्द्रसिंह कार्कीले १–१ विकेट लिए ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top