मतदान गर्न आउँदै गर्दा दुर्घटनामा परेर प्रदेशसभा सदस्य घाइते

मतदान गर्न आउँदै गर्दा दुर्घटनामा परेर प्रदेशसभा सदस्य घाइते

१२ माघ, दाङ ।
राष्ट्रिय सभा निर्वाचनको मतदानको लागि घोराही आँउदै गरेका लुम्बिनी प्रदेश सभा सदस्य चढेको गाडी दुर्घटना भएको छ ।

दुर्घटनामा प्रदेश सभा सदस्य तुलसी चौधरी घाइते भएका छन । उनको हातमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

सांसद चौधरी चढेको बा २ झ ३४४४ स्कारपिओ गाउँपनलिका– १ कालाकाटे नजिक सुदुुरपश्चिम –०१–००–११ १ ख २५८४ नम्बरको ट्रकसँग ठोक्किएको थियो । अर्को गाडीमा सांसद चौधरी घोराही आउँदै गरेका छन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.