न्यूनतम तापक्रम घट्दो, पूर्णरुपमा मौसम खुल्न अझै समय लाग्ने

न्यूनतम तापक्रम घट्दो, पूर्णरुपमा मौसम खुल्न अझै समय लाग्ने

१६ माघ, काठमाडौँ । आज पहाडी जिल्लाको मौसम आंशिकदेखि सामान्य बद्ली हुने मौसमविद्ले बताएका छन् ।

तराईका जिल्लामा भने बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ । यस्तै, उच्च पहाडी तथा हिमाली जिल्लामा हल्का हिमपात हुने मौसमविद् सजिना शाक्यले बताए । आज दिउँसो काठमाडौँ उपत्यकासहित धेरै ठाउँमा घाम लाग्ने छ । सँगै बादल पनि लाग्ने उनले बताए ।

उनकाअनुसार पूर्णरुपमा मौसम खुल्न समय लाग्ने छ । यस्तै, रातको समयमा आकाश सफा हुन थालेसँगै चिसो झन् बढेको छ । काठमाडौँसहित देशका धेरै ठाउँको न्यूनतम तापक्रम घट्न थालेको छ । दिउँसोको समयमा केही न्यानो भए पनि बिहान बेलुका चिसो छ ।

आज काठमाण्डौको बिहानको न्यूनतम तापक्रम ३ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ । यो पौने ६ बजेको मापन गरिएको न्यूनतम तापक्रम हो । हिजोको न्यूनतम तापक्रम २ दशमलव ८ डिग्री सेल्सियस थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.