फर्पिङबाट करीब १३ केजी चाँदीसहित एक जना पक्राउ

फर्पिङबाट करीब १३ केजी चाँदीसहित एक जना पक्राउ

१८ माघ, काठमाडौँ । प्रहरीले दक्षिणकाली नगरपालिका–५ फर्पिङबाट बिल बिनाको करीब १३ केजी चाँदीसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका–८ कचरुवा घर भएका ३८ वर्षीय रामा शंकर साह रहेका छन् ।

बाराको कलैयाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ७२०८ नम्बरको टाटा सुमो गाडीमा प्रहरीले जाँच गर्ने क्रममा साहलाई उक्त सामानसहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहे‍को प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.