एमाले निकट अनेरास्ववियूद्वारा जनकपुरधाममा प्रधानमन्त्रीको पुत्लादहन

एमाले निकट अनेरास्ववियूद्वारा जनकपुरधाममा प्रधानमन्त्रीको पुत्लादहन

१९ माघ, जनकपुरधाम । नेकपा एमाले निकट अनेरास्ववियूका विद्यार्थीहरुले जनकपुरधाममा पनि प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन् ।

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता तथा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गर्दै उनीहरुले प्रधानमन्त्री देउवाको पुत्ला जलाएका हुन् ।

अनेरास्ववियू मधेश प्रदेश कमिटीको आयोजनामा विद्यार्थीहरुले स्थानीय जनक चोकमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा उनीहरुले इन्धनमा गरिएको मूल्यवृद्धि फिर्ता गर, स्थानीय निर्वाचनको मिति घोषणा गर लगायतका नारा लगाएका थिए । प्रदर्शनका क्रममा विद्यार्थी र प्रहरीबीच केही बेर घम्साघम्सी समेत भएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.