आजदेखि मतदाता नामावली सङ्कलन कार्य स्थगित

आजदेखि मतदाता नामावली सङ्कलन कार्य स्थगित

२५ माघ, काठमाडौँ । स्थानीय तहको चुनावको मिति तोकिएसँगै निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन कार्य स्थगित गर्ने भएको छ । आजदेखि नामावली सङ्कलन कार्य बन्द गरिने आयोगले जनाएको छ ।

निर्वाचन ऐनको दफा ४ को उपदफा २ अनुसार चुनावको मिति घोषणा भइसकेपछि चुनावको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न पाइँदैन ।

आयोगले चुनावलाई लक्षित गरी गएको मंसिर १७ गतेदेखि १९ गतेसम्म गाउँपालिका र नगरपालिकास्तरमै नामावली सङ्कलन गरेको थियो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आज नै ७७ वटै जिल्ला निर्वाचन कार्यालयलाई हिजोसम्म सङ्कलित मतदाता विवरण तीन दिनभित्र केन्द्रमा पठाउन निर्देशन दिइएको बताए ।

मन्त्रिपरिषद्को हिजोको बैठकले स्थानीय तहको चुनाव २०७९ साल वैशाख ३० गते गर्ने निर्णय गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.