इलामको सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान

२५ माघ ७८, बुधबार

२६ माघ, काठमाडौँ । इलामको सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान गरिएको छ । नेपाल एयरलाइन्सको ट्वीनअटर विमानबाट बुधबार परीक्षण उडान भएको हो ।

नेपाल एयरलाइन्सका अपरेसन विभाग प्रमुख दीपु ज्वार्चनका अनुसार जहाज बिहान १० बजे विमानस्थलमा सुरक्षित अवतरण गरेको छ ।

पहाडी इलाकामा निर्मित यो सबैभन्दा कान्छो विमानस्थल हो । काठमाडौंबाट ५५ मिनेटको उडानमा जहाज इलाम पुगेको हो ।

Advertisement

यो विमानस्थलमा तारा एयरले १२ वटा उडान गर्ने गरी जिम्मेवारी लिइसकेको छ । इलाम नगरपालिकासँगको सहकार्यमा ताराले जहाज उडाउने भएको छ ।

इलामका लागि नियमित उडानको भाडा काठमाडौंबाट ८ हजार ७ सय रुपैयाँ तोकिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top