प्रधानन्यायाधीशको राजीनामा माग्दै  बारले आजदेखि फेरि विरोध कार्यक्रम अघि बढाउने

१ फागुन ७८, आइतबार
Share this
770shares

१ फागुन, काठमाडौं ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एसोसिएसनले आजदेखि फेरि आफ्ना विरोध कार्यक्रम अघि बढाउने भएको छ।

Advertisement

कोभिड तथा अदालतमा समेत सेवा संकुचन गरिएपछि सर्वोच्च प्रांगणमा चलिरहेको विरोध कार्यक्रम बारले स्थगित गरेको थियो। थप विरोधका कार्यक्रम बिहान ११ देखि १२ बजेसम्म सर्वोच्च अदालत केन्द्रित रहने बारका महासचिव अधिवक्ता लीलामणि पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

प्रधानन्यायाधीश जबराको बहिर्गमन मागसहित बारले आन्दोलन सुरु गरेको १०६ दिन पुगेको छ। सर्वोच्च प्रांगणकेन्द्रित धर्ना र विरोधका साथै बारले यसबीच संसद्‌मा प्रतिनिधित्व गर्ने मुख्य दलका नेताहरुलाई जबरामाथि महाभियोग लगाउन माग गर्दै ज्ञापनपत्रसमेत बुझाएको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top