आज पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षाको सम्भावना

आज पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षाको सम्भावना

८ फागुन, काठमाडौँ । आज पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको प्रभावका कारण पहाडी क्षेत्रका केही ठाउँमा दिउँसोपछि मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको मौसमविद् सजिना शाक्यले बताए ।

यस्तै आज उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य हिमपातको सम्भावना रहेको पनि उनले बताएका छन् । अहिले पहाडी क्षेत्रको मौसम आंशिक बद्ली भएको छ भने तराईका जिल्लामा हुस्सु र कुहिरो लागेको छ।

पश्चिमी वायुको प्रभाव कायमै रहने भएकाले भोलि र पर्सि पनि पहाडी क्षेत्रको मौसम आंशिक बद्ली हुने र केही ठाउँमा मेघगर्जनसहित चट्याङ्ग र वर्षा हुनसक्ने अनुमान छ । मौसमविद्ले चट्याङ्गको सम्भावना रहेकाले खेतीपातीको काम गर्दा ध्यान दिन आग्रह गरेका छन् ।

सकेसम्म दिउँसोपछिको समयमा खेतबारीमा नजान उनीहरुको आग्रह छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.