‘ए’ डिभिजन लिगः आज नेपाल पुलिस र एपीएफ तथा त्रिभुवन आर्मी र सङ्कटा खेल्दै

‘ए’ डिभिजन लिगः आज नेपाल पुलिस र एपीएफ तथा त्रिभुवन आर्मी र सङ्कटा खेल्दै

१० फागुन, काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुईवटा खेल हुँदैछन् ।

दशरथ रङ्गशालामा आज हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लब दिउँसो १ बजे खेल्दैछन् ।

पुलिस ११ खेलमा ११ अङ्क जोडेर अङ्क तालिकाको ११ औँ स्थानमा छ । समान खेलमा एपीएफ १४ अङ्क जोडेर आठौँ स्थानमा छ ।

आज हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र सङ्कटा क्लब बेलुका पौने पाँच बजे खेल्दैछन् ।

आर्मी ११ खेलमा १९ अङ्क जोडेर चौथो स्थानमा छ । समान खेलमा सङ्कटा १५ अङ्क जोडेर सातौँ स्थानमा छ । ‘ए’ डिभिजनको उपाधि भने मच्छिन्द्रले जितिसकेको छ ।

ब्रिगेड ब्वाइज र च्यासल रेलिगेसनमा परिसकेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.