पूर्वी युक्रेनमा सेना पठाउने रुसको घोषणापछि विश्व बजार तरङ्गित

१० फागुन, एजेन्सी । पूर्वी युरोपका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिँदै शान्ति स्थापनाका लागि सेना पठाउने रुसको निर्णयपछि विश्व बजार तरङ्गित बनेको छ ।

रुसको पछिल्लो कदमसँगै विश्व शेयर बजारमा गिरावट आएको छ भने तेलको मूल्य बढेको छ । त्यस्तै, लगानीका लागि सुरक्षित ठानिने सुनप्रति आकर्षण बनेको छ । मंगलबार एमएससीआईको एसिया प्रशान्त क्षेत्रको शेयर १. ४४ प्रतिशतले घटेको छ ।

बजार खुल्नेबित्तिकै जापानको निकेइको कारोबार २ प्रतिशत, एसएण्डपीको १.५ प्रतिशत र नस्दकको २.२ प्रतिशतले घटेको छ । यता रुसी मुद्रा रुबल १८ यताकै न्यून बिन्दुमा झरेको छ ।

तर शेयर बजारमा गिरावट आएपनि कच्चा तेलको मूल्य भने हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । ब्रेन्ट नामक कच्चा तेलको मूल्य २ प्रतिशतले वृद्धि भइ प्रति ब्यारेल ९७.२१ अमेरिकी डलर पुगेको छ । जुन ७ वर्षयताकै उच्च हो । रुसले इन्धन निर्यात अवरुद्ध हुने चिन्ताका कारण तेलको मूल्य उच्च बिन्दुमा पुगेको हो ।

त्यस्तै, लगानीका लागि सुरक्षित ठानिने सुनको भाउ बढेर प्रति औंन्स (२८.३४ ग्राम) १९११.५६ अमेरिकी डलर पुगेको छ । जुन ६ महिनायताकै धेरै हो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनका डोनेट्स्क र लुहान्सक क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिँदै ती क्षेत्रमा शान्ति सेना पठाउनेसम्बन्धी आदेशमा हस्ताक्षर गरेपछि विश्व बजार अत्तालिएको हो ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top