एमसीसीलाई व्याख्यात्मक घोषणासहित आजै अनुमोदन गर्ने गठबन्धनको निर्णय

एमसीसीलाई व्याख्यात्मक घोषणासहित आजै अनुमोदन गर्ने गठबन्धनको निर्णय

१५ फागुन, काठमाडौँ । सत्ता गठबन्धनको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीलाई व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको सत्ता गठबन्धनको बैठकले एमसीसीलाई व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय गरेको हो ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद बैठकबाट एमसीसी आजै अनुमोदन गर्ने निर्णय बैठकले गरेको जानकारी दिए ।

बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीबाट निर्णय गर्न बाँकी रहेको भन्दै समय मागेका थिए । तर पर्खिने समय नभएकाले एमसीसीलाई व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय गरेको नेता पौडेलले बताए ।

नेता नेपाल सत्ता गठबन्धनको बैठकबाट छिट्टै बाहिरिएका थिए । अहिले एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी छ ।

सत्ता गठबन्धनको बैठकअघि आज बिहान बसेको नेकपा माओवादी केन्द्रको कार्यालयको विस्तारित बैठकले एमसीसीलाई ब्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय गरेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.