त्रिवि शिक्षण अस्पतालको निर्देशक नियुक्तीमा चलखेल भयो : डा.गोविन्द केसी

काठमाडौं,साउन ३०
डा गोविन्द केसीले त्रिवि शिक्षण अस्पतालको निर्देशक नियुक्तीका क्रममा चलखेल भइरहेको भन्दै आपत्ती जनाएका छन्।केसीले आज विज्ञप्ति जारी गर्दै वरिष्ठता र योग्यताका स्थापित आधारमा नभई दलीय वफादारी र भागवण्डाका आधारमा नियुक्तिका लागि नामहरु सिफारिश गर्ने प्रयास भइरहेको भन्दै ध्यानाकर्षण भएको बताएका हुन् ।

Advertisement

उनले कार्यकारी निर्देशक नियुक्तिका लागि सर्च कमिटि बनाउँदादेखि नै चलखेल सुरु भएको भन्दै उक्त समिति खारेज गर्दै नयाँ बनाउन माग गरेका छन्।विज्ञप्तिमा भनिएको छ ‘वरिष्ठ प्राध्यापकहरुमध्येबाट बनाउनुपर्नेमा त्यसो गरिएन र सह प्राध्यापकले वरिष्ठ प्राध्यापकहरुको मुल्यांकन गर्ने अमिल्दो अवस्था सिर्जना गरियो ।’

केसीले सो सर्च कमिटिलाई खारेज गरेर प्राध्यापकहरुमध्येबाट अर्को कमिटि बनाउन भनेर बारम्बार आग्रह गर्दा पनि त्यो कुरा नसुनिएको बताएका छन् ।उनले न्यायिक जाँचबुझ आयोगले दोषी ठर्हयाई बर्खास्तीको सिफारिश गरेका त्रिवि पदाधिकारीमाथि कारबाही हुनुपर्नेमा सरकारले त्यसो नगरेका कारण नाजायज चलखेल गरिरहेको आरोप पनि लगाएका छन्।

Advertisement

उनले शिक्षण अस्पताल धराशायी हुने प्रक्रिया यदि रोकिएको छ भने आफ्नै अभियानका कारण भएको दाबी पनि गरेका छन् ।डा. केसिीले विज्ञप्तिमार्फत केही दिनअघि भएको ९ बुँदे सहमतिका बाँकी बुँदाहरु तत्काल कार्यान्वयन गर्न पनि सरकारलाई आग्रह गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top