ललितपुर मेयर्सकप टी–२० महिला च्याम्पियनसिपको फाइनल खेल आज

ललितपुर मेयर्सकप टी–२० महिला च्याम्पियनसिपको फाइनल खेल आज

१६ फागुन, काठमाडौँ । दोस्रो संस्करणको ललितपुर मेयर्स कप टी–ट्वान्टी महिला च्याम्पियनसिपको फाइनल खेल आज सोमबार हुँदैछ ।

त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे हुने फाइनलमा एपीएफ क्लब र सुदुरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ । आजै दुबै टोली उपाधि जित्ने योजनासहित मैदान उत्रदैछन् ।

पाँच टोली सहभागी प्रतियोगितामा एपीएफ शीर्ष स्थानमा रहदै फाइनल पुगेको हो । एपीएफले ४ खेलमा ४ जितसहित ८ अंक जोडेको थियो । सुदुरपश्चिमले ४ खेलमा ३ जितसंहि ६ अंक जोड्यो, दोस्रो स्थानमा रहदै फाइनल पुगेको हो ।

गत वर्ष पनि फाइनलमा एपीएफ र सुदुरपश्चिम भिडेका थिए । त्यस फाइनलमा सुदुरलाई ८ विकेटले हराएर एपीएफले उपाधि जितेकोथियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.