पल शाहका समर्थकप्रति रेखा थापा आक्रोशित

पल शाहका समर्थकप्रति रेखा थापा आक्रोशित

१७ फागुन, विराटनगर ।
अभिनेत्री रेखा थापाले बलात्कारको आरोप लागेका अभिनेता पल शाहका समर्थकहरूप्रति आक्रोश पोखेकी छन् ।

एक गायिकाले बनावटी प्रेमको बहानामा आफूमाथि बलात्कार गरेको भन्दै उजुरी दिएपछि शाह अहिले प्रहरी हिरासतमा छन् । तनहुँ प्रहरीले पलविरुद्धको आरोपबारे अनुसन्धान गरिरहेको छ ।

तर पलका समर्थकहरूले बलात्कार आरोप लगाउने गायिकाको ‘नियत’ ठीक नरहेको दाबी गर्दै सामाजिक सञ्जालमार्फत आलोचना गरिरहेका बेला अभिनेत्री रेखाले आक्रोश पोखेकी हुन् ।

कसैको नाम नलिएरै उनले सामाजिक सञ्जालमा लेखेकी छन्, २० वर्षमुनिका छोरीहरू बालिका हुन्, बालिका कानुनतः सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्दछन् । समाजको भूमिका उनीहरूलाई संरक्षण गर्ने हो ।

कोसँग लभ छ ? कति पटक यौन सम्पर्क भयो ? यस्ता नैतिकतावादी कुराको कानुनलाई मतलव हुनु हुँदैन । समाजको आडम्बर त कुरा गरेर साध्य छैन । केटी मान्छे भनेपछि दुनियाँ भरी कतै नभएका नैतिक मापदण्ड र हिलो छ्याप्ने चलन लज्जाजनक रूपमा नेपालमा व्याप्त छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.